पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन
६ असार २०७९,काठमाडौंः संसदले पेट्रोलिय पदार्थमा लगातार भएको मूल्यवृद्धिका बारेमा जवाफ दिन सरकारलाई रुलिङ गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको जवाफ माग्दै सदन अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले मूल्यवृद्धिका बारेमा जवाफ दिन निर्देशन दिएका हुन्। सभामुख सापकोटाले भने, ‘मूल्यवृद्धिका बारेमा प्रमुख प्रतिपक्षी दल एमालेले कुरा उठाएकाले सम्बन्धित मन्त्रीलाई त्यस विषयमा जवाफ दिन रुलिङ गर्दछु।’
प्रतिपक्षी एमालेका तर्फबाट सदनमा सांसद पद्मा अर्यालले लगातार भएको मूल्यवृद्धिका कारण जनता मारमा परको उल्लेख गरिन्। उनले दिनभर पेट्रोल पम्पमा तेल पठाएर साँझ मूल्यवृद्धि गर्दा करोडौँ रुपैयाँको चलखेल भएको दाबी गरिन्। अर्यालले भनिन्, ‘स्टक क्लिरेन्स नगरी पम्पमा तेल पठाउँदा करोडौँ रुपैयाँ घोटाला भएको छ। हिजोको मूल्यवृद्धिबाट डिजेलमा १२ करोड र पेट्रोलमा ६ करोड गरी १८ करोडभन्दा बढी पैसा घोटाला भएको छ।’ नेपाल आयाल निगमले आइतबार साँझ डिजेल, पेट्रोल र मट्टितेलमा २०/२० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिका कारण सार्वजनिक याताताको भाडासमेत बढेको छ।
र्वमन्त्रीसमेत रहेकी अर्यालले इम्बोस्ड नम्बर जडानमा २ अर्बमा घोटाला भएको दाबी गरिन्। भारतको तुलनामा नेपालमा इम्बोस्ड नम्बरको मूल्य दोब्बर हुँदा जनतालाई ठग्ने काम भएको उल्लेख गरिन्।
‘यो सरकारले घोटाला नै घोटला गरेको छ। जनतालाई राहत होइन, आहात दिने काम भएको छ,’ संसदमा अर्यालले भनिन्, ‘जनताको समस्या हेरेर एमाले बस्न सक्दैन, यति छिटो अवधिमा मूल्यवृद्धि किन गरियोरु मन्त्रीले जवाफ दिनुपर्छ। जवाफ नआउँदासम्म, चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न सक्दैन।’ एमालेको मागपछि सरकारलाई मूल्यवृद्धिबारे जवाफ दिन रुलिङ भएको हो।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

