एन्फा अध्यक्षमा नेम्वाङ विजयी, अलमुताएरी नेपाल नफर्किने संकेत
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेपाल नफर्किने संकेत देखिएको हो ।
सोमबारको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भए लगत्तै अलमुताइरीले सामाजिक सञ्जालमार्फत् यस्तो संकेत गरेका थिए । नेम्बाङ निर्वाचित भएपछि उनले आफ्नो इन्स्टाग्राममा स्टोरी राख्दै नेपाल नफर्किने संकेत गरेका थिए ।
अलमुतारइरीले गत वर्ष साउनमा नेम्बाङको कारण आफूले राजीनामा घोषणा गरेका थिए । उनले सामाजिक सञ्चालबाट राजीनामा घोषणा गरे पनि राजीनामा भने दिएका थिएनन् । प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद छ । वैशाख १० गते प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट १० खेलाडीले प्रशिक्षण छोडेका थिए ।
यसैगरी, आफ्नो पक्षमा बोल्ने व्यक्ति अध्यक्ष पदमा पराजित भएपछि एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका हुन् । उनले उक्त पोस्ट भने केही समयपछि सामाजिक सञ्जालबाट हटाएका थिए ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

