Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

अफगानिस्तान र पाकिस्तानमा गयो भूकम्प

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ८
अफगानिस्तान र पाकिस्तानमा गयो भूकम्प

एजेन्सी । बुधबार विहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

यूएसजीएसले दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर रहेको छ ।

त्यस्तै, उक्त भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको छ । साथै, पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

यसैगरी, भूकम्प भारतका केही भूभागमा पनि महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स