काठमाडौं । काठमाडौं महानगरवासीले साउन १ गतेदेखि फोहोरको वर्गीकरण अर्थात कुहिने र नकुहिने छुट्याउनुपर्ने भएको छ ।
काठमाडौं महागरपालिकाको वातावरण तथा कृषि विभागले आज एक सूचना जारी गर्दै नगरवासीलाई साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घर (स्रोत)मै छुट्याउन आग्रह गरेको हो ।
महानगरले फोहोरको वर्गीकरण नगरी एकै ठाउँमा मिसाउनेलाई ५०० रुपैयाँ जरिवाना हुने पनि जनाएको छ ।
त्यस्तै, महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले त्यस्ता फोहोरका लागि बेग्ला–बेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने स्पष्ट पारेको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए त्यस्ता फोहोर नउठाइने पनि उल्लेख छ ।






