आदर्श लघुवित्तको आईपीओ बाँडफाँट
आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ देखि ५ गतेसम्म जारी गरेको कुल ६७ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट गरेको हो ।
गोला प्रथामार्फत भएको आईपीओ बाँडफाँटमा ६ हजार २६१ आवेदकले कम्पनीको सेयर हात पारेका छन् । त्यस्तै, ६ लाख ६८ हजार ३९१ जना आवेदकको हात खाली रहेको छ । जुन कुल आवेदनको अधिकतम ९९.६३ प्रतिशत हो ।
कम्पनीले आवेदनको अन्तिम दिनसम्म कुल १६ लाख ७४ हजार ६५२ जनाले कम्पनीको आईपीओका लागि आवेदन दिएको बतायो । सोमध्ये १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको थियो । रद्द भएका १ हजार ८५८ आवेदकबाट २२ हजार ४४० कित्ता सेयरको माग परेको थियो ।
यसैगरी, सदर आवेदनमध्ये ६ हजार २६१ आवेदकले जनही १० कित्ताका दरले ६२ हजार ६१० कित्ता सेयर पाएका छन् । जहाँ थप ५ जनाले ११र११ कित्ता सेयर पाएका छन् । लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म कुल ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो ।
त्यस्तै, बाँकी ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
