नेपालमा पनि द क्लिफमा स्काइ ग्लाइडिङ, कति छ शुल्क?
काठमाडौं । एड्भेन्चरका लागि प्रख्यात मानिने एवम् विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ ।
यसको लागि १ सय मिटर जति लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ । तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले फलामे डोरीमाथि घिर्नीमा झुण्डिँदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिने जनाइएको छ ।
उक्त टावरमा दुईवटा डोरी हुँदा दुई जनासँगै खेल्न सकिन्छ । प्रतिव्यक्ति १ हजार २०० रुपैयाँ लाग्ने स्काइ ग्लाइडिङमा थ्रीसिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियोसमेत प्राप्त गराइनेछ । द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले एड्भेन्चरका पारखी आन्तरिक पर्यटकलाई नयाँ अनुभव दिने उद्देश्यले स्काइ ग्लाइडिङ सञ्चालनमा ल्याएको बताए ।
द क्लिफमा हाल बन्जी र स्विङका लागि प्रख्यात ११ वटा साहसिक खेल सञ्चालनमा छन् । स्काइ क्याफे, हर्स राइडिङ, स्काइ चियर, फ्यामिली पिङ, वसिङ ह्याण्ड, क्रेवी ब्रिज, जाइन्ट पिङ निकै लोकप्रिय छन् । त्यस्तै, स्काइ ग्लाइडिङ सञ्चालनमा आएपछि कुल १२ वटा साहसिक खेल सञ्चालनमा रहने जनाइएको छ ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

