बंगलादेशको गौरवमा जोडिए जो नेपाली इन्जिनियर
झट्ट हेर्दा समुद्रमाथि पुल बनेजस्तो देखिन्छ । डबर डेकर पुलमा दुई डेक (तला)मा चार लेनको हाइवे छ । तल्लो डेकमा रेलवेको एक लाइन छ । दक्षिण एसियाकै यो नमुना पुल भएर दैनिक २४ हजारभन्दा बढी सवारी साधन वारपार गर्छन् । तल रेल गुडेको देख्न सकिनेछ ।
यो दृश्य हो बंगलादेशको गंगा-जमुना नदीमाथि बनेको पुलको । विश्वको ध्यान तानिरहेको यो भौतिक संरचना नेपाली इन्जिनियरसमेतको सहभागितामा निर्माण भएको हो । उनी हुन् डा. हेमनाथ घिमिरे । डा. घिमिरेसहित पुल निर्माणको कन्सल्टिङमा योगदान गरेका विज्ञहरूको २४ मुलुकका झन्डा पुलमा फहराइएको छ ।
पुल उद्घाटन कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद भावुक देखिन्थिन् । हसिनाको मन्तव्य सुन्दै गर्दा इन्जिनियर डा. घिमिरे झनै भावुक भए । ऐतिहासिक पुलमाथि फहराइरहेको नेपाली झन्डामा नजर डुलाए । ‘त्यो बेला म निकै भावविह्वल भएँ । त्यो क्षणको व्याख्या गर्न शब्दको अभाव महसुस गर्छु’, डा. घिमिरेले भने । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
