Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

नीताको ‘ब्याचलर पार्टी’ याक एन्ड यतीमा, विवाह कहिले?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २१
नीताको ‘ब्याचलर पार्टी’ याक एन्ड यतीमा, विवाह कहिले?

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले सोमबार आफ्ना नजिकका साथीलाई होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएकी छन् ।

उनले यसको जानकारी सामाजिक संजालमार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छन् । उनले तस्बिरका साथ सिंगल जीवन सकिएको पनि बताइन् । नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आगामी शुक्रबार अर्थात २४ असारमा विवाह गर्न लागेकी हुन् । प्रेमजोडीले करिव ४ वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् ।

हाल उनले विवाह समारोहको निम्तो सबैलाई बाँडिसकेकी छन् । त्यस्तै, दरबारमार्गस्थित होटल याक एण्ड यतिमै बिहान १० बजेदेखि आयोजना हुने वैवाहिक कार्यक्रममा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स