कोहली बारे असन्तुष्ट कपिलले भने- नामभन्दा पनि प्रदर्शन महत्वपूर्ण
काठमाडौं । भारतीय पूर्व कप्तान तथा लेजेन्ड अलराउन्डर कपिल देवले भारतीय टिममा पर्न नाम भन्दा पनि प्रदर्शन महत्वपूर्ण रहेको जनाएका छन् ।
पछिल्ला केही वर्षमा विराट कोहलीको तीन वटै फम्र्याटमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । कपिल देवले पूर्व कप्तान कोहलीलाई संकेत गर्दै नामको आधारमा भन्दा पनि खेलको आधारमा खेलाडी छनोट गर्दा टिम राम्रो हुने बताए । ‘प्रदर्शन राम्रो भएका खेलाडी छान्नु पर्छ, हामीसँग जति पनि विकल्प छन्, नामको आधारमा मात्रै टिममा परिँदैन । त्यसका लागि खेलको पछिल्लो प्रदर्शन जरुरी छ ।’
भारत र इङ्ल्यान्डबीचको ३ खेलको टी-२० शृंखलामा हुड्डाको स्थानमा वान डाउनमा विराट कोहलीलाई स्थान दिइएको थियो । जुन खेलमा उनी १ रनमा क्याच आउट भएका थिए । यसलाई हेरेर पूर्वकप्तान कपिल देवले खेलाडी छनोट र टिमको बारेमा टिप्पणी गरेका छन् ।
मध्यक्रमका खेलाडी श्रेयस अयरले पनि आफूहरु टिममा पर्नु पर्ने धारणा राख्दै आएका छन् । कपिलले भने, ‘यदि टेष्टमा राम्रो खेलिरहेका रविचन्द्र पछिल्लो प्रदर्शन राम्रो नभएका कारण टिममा पर्दैनन् भने कोहली पनि पर्नु हुँदैन ।’ भारतलाई सन् १९८३ को विश्वकप जिताएका कप्तान कपिल देवले भने, ‘म पनि एक समयमा उत्कृष्ट खेलाडी थिएँ । उनले भने ‘प्रदर्शन नराम्रो भएको खेलाडीलाई टिम बाहिर राख्नुपर्छ । म आशा गर्छु टिममा स्थान बनाउन स्वस्थ प्रतिस्पर्धा र छनोट हुनेछ । युवापुस्ताले कोहली भन्दा राम्रो प्रदर्शन गर्नुप¥यो । तर कोहलीले पनि आफ्नो प्रदर्शनको बारेमा सोच्नुपर्छ । टिममा रहन मैले पहिलो नम्बरको अथवा उत्कृष्ट खेलाडी जसरी खेल्नु जरुरी थियो ।’
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

