Jankari Kendra
९ श्रावण २०८३, शनिबार

एमालेकी विद्या भट्टराईद्वारा उपसभामुखमा उम्‍मेदवारी दर्ता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, असार, ३०
एमालेकी विद्या भट्टराईद्वारा उपसभामुखमा उम्‍मेदवारी दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुखमा उम्‍मेदवारी दर्ता गराएकी छन् ।

भट्टराईले एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित भएकी थिइन् ।

उक्त उपसभामुख पदमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले पनि मनोनयन दर्ता गराइसकेकी छन् । मनोनयनपछि आजै साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

युट्युब सट्स