अब १० करोडसम्म वैदेशिक लगानी अटोमेसिन स्वीकृत
काठमाडौं । विदेशी लगानीकर्ताले अनेकौं समस्या बेहोर्नु परिरहेको गुनासो सम्बोधन गर्न सरकारले वैदेशिक लगानीलाई स्वचालित प्रणाली (अटोमेसन)बाटै स्वीकृत गर्ने भएको छ ।
सरकारले पहिलो चरणमा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले सरकारको नीतिअनुसार यो व्यवस्था कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक लगानीको न्यूनतम सीमा घटाउँदै साना लगानीलाई स्वचालित प्रणालीबाट स्वीकृत गर्ने व्यवस्था गरेको थियो । आर्थिक वर्ष २०७९/०८० को बजेट संघीय संसद्का दुबै सदनबाट पारित भइसकेकाले बजेटमा भएको यो व्यवस्था हाल कार्यान्वयनका लागि प्रक्रिया अघि बढेको र केही पूर्वाधार तयार हुनेबित्तिकै पूर्ण कार्यान्वयनमा आउने विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
