सुस्मिता र ललितको प्रेम तरंगले सञ्जाल कंपित, लिए माल्दिभ्समा रोमान्टिक सेल्फी..
एजेन्सी । इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेट गरिरहेको सार्वजनिक गरेका छन् ।
उनले बिहीबार बेलुका गरेको दुई ट्वीटले लामो समयदेखिको गसिपलाई पुष्टि गरेको छ । यस खुलासासँगै भारतीय फिल्म र क्रिकेट वृत्तमा तरंग छाएको छ । उक्त खुलासासँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रियाहरु आएका छन् । कसैले अति गरेको मनसायको नकारात्मक प्र्रतिक्रिया दिए पनि धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । एक जनाको यस्तै पोस्टको प्रतिउत्तर कसैले कमेन्टमा लेखेका छन् ‘यदि मैले सुस्मितालाई डेट गरेको भए म पनि यसरी गरी देखाउँथे’ ।
मोदीले सुस्मितासँगको तस्वीर सेयर गर्दै उनलाई बेटर(हाफ भनेर उल्लेख गर्दै उनीसँग नयाँ सुरुवात भएको पनि लेखेका छन् । मोदीको ट्वीटमा ‘स्पष्टताको लागि स् हामीले बिहे होइन, डेटिङ गरिरहेका छौं । त्यो पनि कुनै दिन हुनेछ’ पनि भनिएको छ । मोदीको यसअघि सन् १९९१ अक्टोबरमा मिनल सग्रानीसँग विवाह भएको थियो । जसतर्फ दुई सन्तान पनि छन् । मिनलको सन् २०१८ मा क्यान्सरबाट निधन भयो ।
अभिनेत्री सुस्मिताले हालै मोदीसँग माल्दिभ्समा बिदा मनाउँदाको रोमान्टिक तस्वीर सेयर गरेकी थिइन् । सुस्मिताले गत महिना मात्रै बिहे गर्ने योजना नरहेको बताएकी थिइन् । उनले ३ पटक बिहे गर्ने योजना बने पनि सफल नभएपछि भगवानले आफूलाई उद्दार गरेको टिप्पणी गरेकी थिइन् ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
