वैवाहिक अंगीकृतको बारेमा नागरिकता विधेयक किन बोलेन? – बिद्या भट्टराई
काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शुक्रबारको प्रतिनिधिसभामा सरकारले ल्याएको विधेयकका धेरै प्रावधानमा एमालेको असहमति रहेको बताइन् ।
उनले नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै वैवाहिक अंगीकृतको बारेमा विधेयक नबोलेकोले संशोधन गर्नुपर्ने बताइन् । त्यस्तै, उनले संविधानको धारा १२ मा व्यवस्था भएको वंशीय आधार र लैङ्गिक पहिचान सहितको नागरिकताको सवालमा पनि विधेयकमा स्पष्ट व्यवस्था नभएको बताइन् ।
उनले भनिन्, ‘नेपाली नागरिकसँग विदेशीले विवाह गर्ने हकमा हामीले २ वटा मान्यतालाई स्वीकार गर्नुपर्छ, पहिलो भनेको पारस्परिक समानताको आधार, दोश्रो भनेको अन्तर्राष्ट्रिय प्रचलन । यी दुवै मान्यतालाई यसले स्वीकार गरेको देखिएन् । यसको बारेमा पनि केही प्रश्नचिन्ह उठेका छन् ।’ उनले अहिले सरकारले ल्याएको विधेयकले पनि पितृसत्तात्मक सोचलाई मान्यता दिएको बताएकी छन् ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
