उजुरीमध्ये ७० प्रतिशत फर्स्योटः अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा कार्यालयमा प्राप्त उजुरीमध्ये ७० प्रतिशत फर्स्योट गरेको छ । आयोगले गत आवमा सम्पादन गरेको कार्यको प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उजुरी फर्स्योटको प्रतिशत ६४.२३ थियो ।
आइतबार सार्वजनिक गरिएको विवरणअनुसार आयोगमा गत आव २०७८/७९ मा १४ हजार १४८ वटा उजुरी दर्ता भएका थिए । त्यसबाहेक अघिल्लो आर्थिक वर्षमा आयोगमै दर्ता भएका उजुरीमध्ये आठ हजार ९३ वटा गत आर्थिक वर्षमा सरेर आएका थिए । दुई आर्थिक वर्षको समेत गरेर कुल २४ हजार २४१ उजुरीमध्ये १७ हजार ९८ वटाको फर्स्योट भएको छ । आयोगमा अघिल्लो आर्थिक वर्षमा २२ हजार ६२५ वटा उजुरी दर्ता भएको थियो । त्यतिखेर कुल उजुरीमध्ये १४ हजार ५३२ वटाको फर्स्योट भएको थियो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आयोगले गत आर्थिक वर्षमा ८२० वटा उजुरीलाई विस्तृत अध्ययनमा लगेको बताए । आयोगले लिखित निवेदन, इमेल, फेसबुक, वेबसाइट, भाइबर, टेलिफोन, मोबाइल एसएमएस, हुलाकलगायत विभिन्न ११ वटा स्रोतबाट उजुरी प्राप्त गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


