• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १२ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १२ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १६ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १६ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १७ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १७ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १८ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

काठमाडौंका ११ वटै पालिकाको एकीकृत सूचना केन्द्र बन्ने

admin २०७९, श्रावण, १२

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिलाई जिल्लाको एकीकृत सूचना अभिलेख केन्द्रको रुपमा विकास गरिने जनाइएको छ ।

जिल्लाभित्रका काठमाडौँ महानगरपालिका सहित १० वटै नगरपालिकामा भएको विकास निर्माण र सुशासनलाई एकीकृत गर्ने गरि सूचना अभिलेख केन्द्रको रूपमा विकास गर्न लागिएको हो । काठमाडौँ जिल्ला भित्रका ११ वटै पालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, र प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका पदाधिकारीको उपस्थितिमा बुधबार भएको परिचयात्मक एवं समन्वय बैठकमा जिससलाई सूचना केन्द्रको रुपमा विकास गर्ने निर्णय भएको छ । कार्यक्रममा जिसस प्रमुख सन्तोष बुढाथोकीले जिल्ला भित्रका संघीय सरकार, प्रदेश, स्थानीय तह र गैरसरकारी क्षेत्रमा भएका विकास निर्माण लगायतका विवरण, सूचना प्रगति प्रतिवेदन जिल्ला सूचना अभिलेख केन्द्रमा उपलब्ध गराउनुपर्ने बताए ।

जिल्ला भित्रका विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउनका लागि वार्षिक समिक्षा कार्यक्रम अयोजना गर्ने, स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र जिल्लाको सबै विकास निर्माण लगायतका विषयमा विभिन्न निकयाबाट गरेका काम र सुझावसहितको प्रतिवेदन सङ्घीय र प्रदेश मन्त्रालायमा पेश गर्नुंपर्ने विषयहरु स्थानीय तहबाट जिससमा १५ दिनभित्र लिखितरुपमा उपलब्ध गराउने, जिल्ला समन्वय समितिको मौजाद कोषबाट सञ्चालित कार्यक्रमहरु स्वीकृत भएको ड्रोइन डिजाइन र स्पेशिफिकेशन बोजिम निर्धारित समयमा गुणस्तर र लागत बमोजिम कार्यक्रम सम्पन्न गरी जिससमा माग गर्ने निर्णय भएको छ ।

यसैगरी, पालिकाहरुको कार्य सम्पादनको सिलसिलामा जिल्ला समन्वय समितिको तर्फबाट समन्वय सहजिकरण एवं सहयोग गर्नुपर्ने कुनै विषय भए जिससलाई लिखितरुपमा सम्बन्धित पालिकाले जानकारी गराउने, जिल्लाको अभिलेख केन्द्रको सूचना प्रणाली व्यस्थित गर्नका लागि जिससमा जनशक्ति व्यवस्थापन गर्न स्थानीय तहबाट सहयोग गर्ने र स्थानीय तहबाट स्वीकृत भइ राजपत्रमा प्रकाशित भएका दस्तावेजनहरु अभिलेख केन्द्रमा राख्नका लागि जिससलाई उपलब्ध गराउने निर्णय भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बुढाथोकीले बैठकको कार्यसूचि तथा प्रस्तावहरु पेश गरेका थिए । उक्त प्रस्तावमाथि जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले थप प्रष्ट पार्दै आगामी योजना प्रस्तुत गरेका थिए ।

जिससका पदाधिकारीबाट प्रस्तुत भएको प्रस्तावमा सुझाव दिदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पोड्यालले जिससको भूमिकालाई थप प्रभावकारी बनाइ समन्वय र सहजिकरण गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा जिसस उपप्रमुख शान्ति पाण्डे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी, शङ्खरापु नगरपालिकाका प्रमुख रमेश नापित, बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, कीर्तिपुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी शाक्य (सुनीता) लगायतले प्रस्ताव माथि सुझाव दिएका थिए ।

सुझाव दिने क्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा, कीर्तिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, दक्षिणकाली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले सुझाव प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.