Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

काठमाडौंमा १२ जना जुवा खेल्ने क्रममा पक्राउ परेका छन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, २०
काठमाडौंमा १२ जना जुवा खेल्ने  क्रममा  पक्राउ परेका छन

काठमाडौं। जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा खोटाङ रावावेशी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स