कमल र मेलिनाले गरे इन्गेजमेन्ट
जानकारी केन्द्र
२०७९, भाद्र, २७
काठमाडौं । केही समयदेखि प्रेम सम्बन्धमा रहेका गायक कमल खत्री र गायिका मेलिना मैनालीबीच इन्गेजमेन्ट भएको छ ।
आइतबार उनीहरूले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै आफूहरूबिच इन्गेजमेन्ट भएको जानकारी दिएका हुन् । एउटै स्टाटस सेयर गर्दै उनीहरूले जीवनको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।
‘चाहना यति छ कि साथ तिम्रो होस र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एक अर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौँ,’ उनीहरूले भनेका छन् ।
भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको हो ।
कमलसँग गाएको ‘फिका फिका’ बोलको गीत हिट भएपछि मेलिना चर्चामा आएकी थिइन् । त्यति बेलादेखि नै उनीहरू नजिकिएका थिए ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

