बढ्यो पर्यटकीय गतिविधि
काठमाडौँ । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्।
वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ। सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकामा सन् २०२१ को सोही समयमा पाँच हजार ९१७ जना विदेशी नेपाल भित्रिएका थिए। सन् २०१९ को अगस्टको तुलनामा यो वर्षको अगस्टमा पर्यटक आगमनमा ५६ प्रतिशत सुधार भएको छ।
सन् २०१९ को अगस्टमा ७३ हजार ८१४ पर्यटक नेपाल आएका थिए। बर्सातको मौसम भएकै कारण अघिल्लो महिनाको तुलनामा भने पर्यटक आगमन सङ्ख्या केही खुम्चिएको छ। यस वर्षको जुलाईमा ४४ हजार ४६२ पर्यटक नेपाल आएका थिए।
कोभिडभन्दा अघि सन् २०१९ को जुलाईमा हवाई मार्ग हुँदै ५८ हजार ८११ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२० को जुलाईमा २११ र सन् २०२१ को जुलाईमा दुई हजार ९९१ पर्यटक नेपाल आएका थिए। सेप्टेम्बर महिना पर्यटन आगमनको उपयुक्त सिजन भएकाले यस महिना पर्यटक आगमन सङ्ख्या अरू बढ्दै जाने पर्यटन बोर्डले जनाएको छ।
महामारीपछि तुलनात्मक रूपमा बेसिजनमा पनि पर्यटक बढ्नुमा भारतीय पर्यटकको आगमन बढिरहेको बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताए । यो समाचार गोरखापत्र दैनिका छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
