असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको तयारी
काठमाडौँ । निर्वाचन आयोगले यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो।
आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ। निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिवद्धता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसहित विभिन्न पार्टीका नेताहरू आइतबार अपरान्ह निर्वाचन आयोग पुगेका थिए। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता व्यवहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए। आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत आयोगमा पुगेका थिए।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको बताए। आचारसंहिता लागु गर्न र पालना गर्न प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूबाट आइतबार प्रतिवद्धता लिइएको उनले जानकारी दिए। आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको उनले बताएका थिए। आचारसंहितामा केही संशोधन गर्नुपर्ने देखिएमा आयोगले दलहरूसँग छलफल गरी सहजीकरण गर्न सकिने पनि बताएको छ। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

