• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • ७ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • ९ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १२ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १ दिन 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १ दिन 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १ दिन 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ३. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ४. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ५. गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

  • ६. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ७. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • ८. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

  • ९. बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक

  • १०. नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित

कमल थापा सूर्य चिह्नबाट लड्दै, घनश्याम भुसाल स्वतन्त्र

जानकारी केन्द्र २०७९, आश्विन, २३

रूपन्देही । अछाम प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन गर्ने अघिल्लो साँझसम्म अनौठा राजनीतिक दृश्य देखिएका छन् । शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने भएका छन् भने एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल स्वतन्त्र उठ्ने तयारीमा छन् ।

यसअघि भुसाल निर्वाचित क्षेत्र रूपन्देही ३ पनि एमालेले राप्रपाका लागि छाडेको छ, जहाँबाट पञ्चायतकालमा समेत मन्त्री रहेका दीपक बोहोराले उम्मेदवारी दिँदै छन् ।

अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शैलीसँग समर्पण नगर्ने भन्दै एमालेबाट अलग भएको घोषणा गरेका भुसाललाई रूपन्देही १ मा आफ्नोतर्फबाट उम्मेदवारी दिन सत्ता गठबन्धन दलका नेताहरूले प्रस्ताव गरेका छन् । गठबन्धनको भागबन्डामा रूपन्देही १ माओवादीलाई परेको छ । तर यो विषयमा छलफल भए पनि अन्तिम सहमति नभएको नेताहरूले बताएका छन् ।

भुसाल जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही १ र ३ बाट सिफारिस भएका थिए । तर, प्रदेश कमिटीले भने क्षेत्र नं। १ बाट छविलाल विश्वकर्माको एकल नाम केन्द्रमा पठाएको थियो । त्यस्तै ३ बाट भुसाल, बासुदेव घिमिरेसहित तीन जनालाई सिफारिस गरेको थियो । तर, एमालेले राप्रपासँग तालमेल गरेर क्षेत्र नं। ३ छाडेपछि भुसालले पार्टी त्यागेका हुन् । क्षेत्र नं। ३ मा सिफारिस भएका घिमिरेले क्षेत्र नं। ५ बाट टिकट पाएका छन् । यसअघि क्षेत्र नं। ५ मा एमालेबाट राष्ट्रिय सभामा निर्वाचित खिमलाल भट्टराई एकल सिफारिस भएका थिए ।

भट्टराईको राष्ट्रिय सभामै डेढवर्षे कार्यकाल रहेकाले उनलाई त्यहीं रोकेर घिमिरेलाई टिकट दिइएको हो ।रूपन्देही १ भुसालको गृहनगर पनि हो । २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाटै उठ्न चाहेका थिए । तर पार्टीले उनलाई क्षेत्र नं। ३ मा टिकट दिएको थियो । भुसालले त्यति बेला राप्रपाका बोहोरालाई हराएका थिए । यस पटक एमाले छाडेपछि भुसाललाई गठबन्धनका सबै नेताले रूपन्देही १ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा उनलाई समर्थन गर्नेबारे छलफल भए पनि टुंगोमा नपुगेको एक नेताले बताए । माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बलालले नेता भुसाललाई गठन्धनबाट चुनाव लड्न आग्रह गरे पनि कुनै टुंगो नलागेको बताए । ‘सम्भावना बलियो छ, तर टुंगो लागिहालेको छैन,’ उनले भने, ‘उहाँले माओवादीको चुनाव चिह्न लिन्न भन्नुभएको छ, हामी पनि छलफलमै छौं ।’

एमाले जिल्ला सचिवालयका एक सदस्यका अनुसार भुसाल स्वतन्त्रबाट मात्र उठ्दा पनि एमालेलाई समस्या पर्छ । त्यसमा गठबन्धनको समर्थन भुसालले पाए चुनाव जित्न पनि सक्ने आकलन छ । ‘क्षेत्र नं। १ मा गठबन्धनसँग एमाले यसै पनि कमजोर नै हो,’ उनले भने, ‘त्यसमाथि एमालेमा विद्रोह हुने र गठबन्धनले समर्थन गर्दा भुसाल विजयी हुने बलियो सम्भावना देखिन्छ ।’ एमालेको देवदह नगर कमिटीका अध्यक्ष टीकाराम चापागाईंले यसअघि नै पार्टीबाट राजीनामा दिएर स्वतन्त्रबाट लड्ने घोषणा गरेका थिए । चापागाईं प्रतिनिधिसभाकै टिकटका दाबेदार थिए । उनले पनि भुसाललाई समर्थन गर्ने सम्भावना छ ।

एमालेका अरू नेता पनि भुसालको पक्षमा जुट्न सक्ने एकीकृत समाजवादीका सचिव सिद्धिचरण भट्टराईले बताए । ‘कांग्रेस, माओवादी र समाजवादीको मत राम्रै छ,’ उनले भने, ‘त्यसमा एमालेभित्र विद्रोह हुनासाथ बलियो हुने गठबन्धन नै हो, घनश्यामजीको विषयमा गठबन्धन सकारात्मक हुन सक्छ । निर्णय भने भएको छैन ।’

स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त मतलाई आधार मान्ने हो भने रूपन्देही १ मा कांग्रेसको ३३ हजार, एमालेको ३० हजार, राप्रपाको १४ हजार, जसपाको ७ हजार, माओवादीको ४ हजार, एकीकृत समाजवादीको एक हजार र जनमोर्चाका ६ सय हाराहारी मत छ । लोकतान्त्रिक समाजवादी पार्टीको ३ हजार मत छ । स्थानीय तहमा प्राप्त मतअनुसार एमाले, राप्रपा र जसपाको जोड्दा ५१ हजार मत छ । गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपाको झन्डै ४२ हजार मत देखिन्छ । एमालेमा विद्रोह गर्नेको मत कति हुन्छ भन्ने अनुमान नभए पनि कम्तीमा ४र५ हजार मत भुसालले तलमाथि पार्न सक्ने र जीत निकाल्न सक्ने गठबन्धनका नेताहरूको भनाइ छ ।

वामपन्थी नेता भुसालले आफू एमालेले लिएको नीति र लोकतान्त्रिक पद्धतिमा प्रतिबद्ध रहे पनि नेतृत्वले पार्टी नै कब्जा गर्न खोजेकाले सँगै बस्न नसकेको बताए । ‘थोरै पनि ठाउँ रहेसम्म म यस्तो निर्णयमा पुग्ने थिइनँ, मैले अहिलेसम्म राजनीतिभन्दा बाहिर म र मेरा लागि कुनै निर्णय गरिनँ, यो म सानका साथ भन्न सक्छु,’ उनले भने, ‘पार्टीमा विधि, पद्धति र विचारका कुरा गरेबापत म जहिलेसुकै अपमानित भएँ, त्यसलाई पनि मैले क्रान्तिमा यस्तो हुन्छ भन्दै हेर्दै रहें, तर जब भन्ने, विचार राख्ने, बहस गर्ने थोरै पनि ठाउँ नपाएपछि म कैदमा रहने जस्तो भएँ । त्यसपछि यो निर्णय गरेको हुँ ।’

रावलले टिकट नपाएपछि जिल्ला नेताद्वारा राजीनामा

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि उनको निर्वाचन क्षेत्रका नेता–कार्यकर्ता असन्तुष्ट बनेका छन् । अछाम १ बाट रावल एकल सिफारिस भएका थिए । एकल सिफारिस गर्दा पनि रावलले टिकट नपाएको भन्दै एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ३८ जनाले पदबाट राजीनामा घोषणा गरेका छन् ।

पार्टी केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावनाविपरीत निर्णय भएको भन्दै जिल्ला कमिटी सचिवालय सदस्यहरू प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्लीलगायतले राजीनामा घोषणा गरेका हुन् ।

रावलले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा २४ हजार ८ सय ८३ मत ल्याएर कांग्रेसका उम्मेदवारलाई झन्डै ७ हजार मतले पराजित गराएका थिए । त्यतिबेला एमाले र माओवादीबीच गठबन्धन थियो । रावलले अछाम–१ मा २०७० को निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई झन्डै ५ हजार मत अन्तरले हराएका थिए । नेता रावल पहिलो संविधानसभा निर्वाचन २०६४ मा समानुपातिकतर्फबाट सभासद चुनिएका थिए । ‘एकल सिफारिस भए पनि टिकट नदिनु नेतृत्वको स्वेच्छाचारी हो, तर उहाँले पार्टी छाड्ने, स्वतन्त्र उम्मेदवारी दिनेबारे सोच्नुभएको छैन,’ रावलनिकट एक नेताले भने ।

आसन्न आम निर्वाचनका लागि गरिएको उम्मेदवार चयनको निर्णयप्रति असन्तुष्टि जनाउँदै एमाले मोरङका जिल्ला सचिव रूपेश खतिवडाले राजीनामा दिएका छन् । पार्टी केन्द्रले टिकट वितरणमा गैरराजनीतिक कार्य गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

एमालेका मोरङ सचिवद्वारा राजीनामा

खतिवडाले एमाले जिल्ला अध्यक्षलाई बुझाएको राजीनामा पत्रको बोधार्थ प्रदेश कमिटी र केन्द्रीय कमिटीका अध्यक्षलाई दिएका छन् । ‘एमाले मोरङका तर्फबाट उम्मेदवार सिफारिस गर्दा वा सर्वसम्मत गर्दा वा छनोट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धति र प्रक्रियाविपरीत केही निश्चित स्वार्थ अनुकूल हुने गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्यप्रति मेरो पूर्ण असहमति रहेको व्यहोरा जानकारी गराउँछु,’ उनले उक्त पत्रमा लेखेका छन्, ‘पार्टी कमिटीहरू कार्यार्थ हुन्, केवल बोधार्थ वा मानार्थ मात्र होइनन्, पार्टीले गर्ने निर्णयहरू वा सूचनाहरूमा पदीय जिम्मेवारीअनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्छ र हुनुपर्ने हो ।’ तर अहिलेको उम्मेदवारको पजनी र प्रचार पार्टीको संस्थागत जानकारी र निर्णयविपरीत रहेको उनको भनाइ छ ।

खतिवडा मोरङ १ (क) बाट प्रदेशसभा सदस्यका लागि आकांक्षी थिए । एमालेले उक्त क्षेत्रमा उमाकान्त गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आजको कान्तिपुरमा समाचार छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

ताजा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.