लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी
काठमाडौँ । तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र जनता समाजवादी पार्टी ९जसपा० ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लगाएका छन् । दुबै पार्टीका अध्यक्ष एवम् शीर्षस्त नेताहरुको निर्वाचन क्षेत्र पनि टुङ्गो लागिसकेको छ ।
सो बमोजिम लोसपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिने भएका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र २ बाट उम्मेदवारी दिने निश्चित भएको बुझिएको छ । लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ का लागि सिफारिस भएको उक्त पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिने भएका छन् ।
उक्त क्षेत्रमा गठबन्धनका दुई उम्मेदवार बन्ने भएका छन् । सोही निर्वाचन क्षेत्रमा महेन्द्र यादव पनि उम्मेदवारका लागि सिफारिस भएका छन् । त्यस्तै सरतसिंह भण्डारीले महोत्तरी क्षेत्र २ र लक्ष्मणलाल कर्णले पर्सा क्षेत्र १ बाट उम्मेदवारी दिने भएका छन्। सप्तरी क्षेत्र २ मा जयप्रकाश ठाकुरले उम्मेदवारका लागि मनोनयन दर्ता गराउनुहुने भएको छ । उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुनुहुन्छ । बारा क्षेत्र ३ बाट प्रमोद गुप्ताले टिकट पाउनुभएको छ । लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ । यता जसपाका अध्यक्ष यादव सप्तरी २ बाट उम्मेदवारी दिने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए । उनले भने,“अध्यक्ष ज्यू अहिले छलफल मै छन् । उनी सप्तरी २ बाटै उठ्नुहुन्छ होला ।”
जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । पूर्वमन्त्री राजकिशोरले यादव सिरहा २ बाट उम्मेदवारका लागि मनोनायन दर्ता गराउने भएका छन्। अर्का पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् । उनी सिरहा–३ ‘ख’ बाट प्रदेशसभामा उम्मेदवारी दिनेछन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सोही प्रदेशमै दोहोरिएका छन्।
त्यसैगरी सङ्घीय मन्त्रीद्वय प्रदीप यादवले पर्सा १ र मोहम्मद इस्तियाक राईले बाँके २ बाट उम्मेदवारी दिने भएका छन्। महोत्तरी क्षेत्र ४ बाट डा सुरेन्द्र यादवले टिकट पाएका छन्् । जसपाले नेकपा ९एमाले०सँग तालमेल गरेको छ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

