Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

उम्मेदवारको विरोधमा आज सूचना दिन सकिने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, २४

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ।

निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारविरूद्ध विरोधको सूचना दिन सकिनेछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार मनोनयन दर्ता भएको थियो। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ।

Top Changing Nepal

युट्युब सट्स