• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

जोमसोम ‘मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ ।

धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताए ।

सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङलगायतका दृश्यले पनि धेरैलाई लोभ्याउने गर्छ । पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा फाइदा पुगेको छ । मुस्ताङ नेपालका लागि मात्र नभएर विश्वकै लागि चर्चित बन्न पुगेको छ । विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइक्लिङ गर्न रुचाउँछन् ।

पोखरा–बागलुङ राजमार्गलाई मालढुङ्गामा छाडेर बेनी, तातोपानी, रुप्से हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ ।

मुस्ताङ सदरमुकाम जोमसोम हो । यसको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएकले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब–करिब बीच भाग भएर कालीगण्डकी नदी बग्दछ । प्रायः बस्ती यही नदीको किनारमा अवस्थित छन् ।

हरेक वैशाख र साउनमा जिल्लामा चौँरीको आलो रगत खाने पर्व पनि लाग्छ, नजिकका जिल्लाका बासिन्दाको यहाँ भीड लाग्छ । पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । त्यहाँबाट यातायातका साधनमार्फत करिब एक घण्टामा मुक्तिनाथ पुग्न सकिन्छ । पोखराबाट बसबाटै मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले गति लिन थालेपछि मुस्ताङको मुहार थप उज्यालिँदै गएको होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचनले जानकारी दिए । धवलागिरि, नीलगिरिलगायतका हिमालको काखैमा रहेको मुस्ताङमा सडक कालोपत्र गरिएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । पक्की सडकले यात्रुलाई सुविधा हुनुका साथै मुस्ताङको सौन्दर्यलाई समेत थप टेवा पु¥याएको स्थानीयले बताएका छन् ।

जोमसोमबाट कागबेनीसम्मको सडकको रौनक फेरिएको छ । नयाँ–नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदी तथा खोलामा पुल बनिरहेका स्थानीय छेप्तेन गुरुङले बताए । कागबेनीमा होटल चलाउँदै आएका गुरुङका अनुसार मुस्ताङमा याक गुम्बा, निलगिरि, धौलागिरिलगायत हिमाल, ताल, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बा, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत हेर्न पर्यटक आउने गरेका छन् ।

पछिल्लो समय होटल तथा लजको सङ्ख्या वृद्धि हुने क्रम बढेको छ । स्थानीय तहहरूले आ–आफ्नो पालिकामा विकास गर्ने प्रतिस्पर्धाका कारण मुस्ताङको मुहार फेरिँदै गएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

    ताजा

    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    • टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
    • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.