रातमा बारम्बार निन्द्राबाट बिउँझनु असामायिक मृत्युको संकेत
एजेन्सी । एक अध्ययनका अनुसार रातमा बारम्बार बिउँझिने महिलाहरुको कम उमेरमा मृत्यु हुने सम्भावना धेरै हुन्छ । ८ हजार पुरुष र महिलाहरूमाथि गरिएको एक अनुसन्धानले उक्त तथ्य पत्ता लगाएको हो ।
अनुसन्धानकर्ताका अनुसार रातिमा बारम्बार निन्द्रा खुल्नुका विभिन्न कारणहरु हुन सक्छन् । यो मस्तिष्कको एक प्राकृतिक प्रक्रिया हो । हात गोडामा अचानक पीडा हुनु, दुख्नु, कुनै पनि प्रकारका ट्रमा वा सास फेर्न समस्या हुनु जस्ता समस्याले रातिमा निन्द्रा अचानक खुल्न सक्छ । यसका कारण पर्याप्त निदाउन सकिदैन । यसलाई ९गलअयलकअष्यगक धबपभागलिभकक० भनिन्छ ।
अष्ट्रेलियाको एडिलेड विश्वविद्यालयको नेतृत्वमा गरिएको अनुसन्धानमा यस्तो समस्या बारम्बार हुनुको पछाडि उच्च रक्तचाप वा अन्य स्वास्थ्यसम्बन्धी समस्या भएको पत्ता लागेको छ । अनुसन्धानको क्रममा तीनवटा अलग–लगत डाटाको प्रयोग गरिएको थियो । सहभागीहरुलाई एक रातभर निदाउँदा स्लीप ट्र्याकर लगाइएको थियो ।
सहभागी सबैलाई राति कति समय निदाउने र कति समयको लागि बिउँझिने भन्ने कुराको ख्याल राखिएको थियो । सहभागीहरुलाई ६ देखि ११ वर्षसम्म यो प्रक्रियाको विषयमा ध्यान दिएका थिए ।
उक्त अनुसन्धानका प्रमुख तथा लेखक एसोसिएट प्रोफेसर माथियास बोमर्ट र उनका सहयोगीहरुले पुरुषको तुलनामा महिलाहरु बढी बिउँझिने गरेको पत्ता लगाएको बताएका छन् ।
जसले गर्दा महिलाहरु हृदयरोगका कारण सानो उमेरमा नै ज्यान गुमाउँछन् । जुन महिला रातिमा धेरै बिउँझिन्छन् उनीहरुको सानो उमेरमा नै मृत्यु हुने सम्भावना ६० देखि १०० प्रतिशत हुन्छ ।
युरोपियन हर्ट जर्नलमा प्रकाशित निष्कर्शका अनुसार पर्याप्त निदाउने पुरुषहरूको हृदयरोगका कारण मृत्यु हुने सम्भावना २७ प्रतिशत र हृदयरोग लाग्ने सम्भावना ९।६ प्रतिशत हुन्छ ।
तर, जो व्यक्ति निन्द्राबाट धेरै बिउँझिन्छन् ती व्यक्तिहरुको हृदयरोगबाट मृत्यु हुने सम्भावना १३।४ प्रतिशत र अन्य कारणबाट मृत्यु हुने सम्भावना ३३।७ प्रतिशत हुन्छ ।
नेदरल्याण्डस्थित मास्ट्रिच युनिभर्सिटी मेडिकल सेन्टरका कार्डियोलोजी विभागमा एसोसियट प्रोफेसर तथा सह–लेखक डोमिनिक लिंजले महिला र पुरुषबीच यस्तो भिन्नता किन भएको हो भन्ने बारेमा स्पष्ट नभएको बताए ।
उनले रातिमा बिउझिँदा शरीरले कस्तो प्रकारको प्रतिक्रिया दिन्छ भन्ने बारे बुझ्न सकिने बताए । उनले ठूलो हुँदा, मोटो हुँदा वा घुर्ने समस्यालाई सजिल्यै हल गर्न नसकिएपनि बीएमआई र स्लीप एपनियालाई मोडिफाई गर्न सकिने बताए । जसले अराउजल बर्डन कम गर्न सकिन्छ ।
अपर्याप्त निन्द्राले हृदयसम्बन्धी विभिन्न समस्याहरु पैदा गर्छ । र यसबाट मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । शरीरको चक्रमा रोकावट आउँदा सर्केडियन रिदम हुन्छ । जसले धमनीहरुमा बोसोको निर्माण गर्छ । जसले गर्दा निन्द्रा बिग्रिने समस्याले मुटुसम्बन्धी रोगहरु लाग्छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

