बलिउड अभिनेत्री राखीलाई अस्वीकार गर्दाको पीडा
एजेन्सी । बलिउड अभिनेत्री राखी सावन्त र उनका प्रेमी आदिल खानले ७ महिनाअघि विवाह गरेका थिए। यसको जानकारी राखी आफैंले सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। तर उनका प्रेमी आदिल यो विवाहलाई लिएर केही बोलेका थिएनन्।
आदिलले यो बिवाहलाई अस्वीकार गरेको बलिउडमा चर्चा सुरु भएको थियो। यो चर्चाकाबीच आदिलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन्। उनले हालैको एक अन्तर्वार्तामा आफ्नो परिवारले राखीलाई अस्वीकार गरेको बताएका छन्।
आदिमले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, ‘म र राखीले विवाह गरिसकेका छौँ। तर मेरो परिवारले राखीलाई बुहारीका रुपमा स्वीकार गरेका छैनन्। म परिवारलाई मनाउँने कोसिसमा छु।’
उनले विवाहपछि आफूहरु निकै खुसी रहेको समेत बताएका छन्। राखीले ७ महिनाअघि मात्रै विवाह गरेको दाबी गरेकी थिइन्। आदिल र राखीले मुस्लिम परम्पराअनुसार विवाह गरेका थिए। राखीले विवाहपछि आफ्नो धर्म र नाम परिवर्तन गरेकी छन्। राखीको परिवर्तन नाम ‘फातिमा’ राखिएको छ।
आफ्नो एक अन्तर्वार्तामा आदिलले भनेका छन्, ‘हामी सँगै बाँचिरहेका छौं र खुसी छौं।’
परिवारले दुवैको यो बिहेलाई स्वीकार्न नचाहेको र यसै कारणले बिहेको कुरा अस्वीकार गरेको उनको भनाइ छ।
राखी र आदिलको बिवाहको प्रमाणपत्र लिएको फोटो अनलाइन लिक भएको केही घण्टापछि राखीले आफ्नो इन्स्टाग्राममा विवाहको पुष्टि गर्दै फोटो पोस्ट गरेकी थिइन्। उनले आफ्ना पति आदिलका लागि ‘अन्तमा त्यो दिन आयो। म धेरै खुसी छु कि मैले विवाह गरें र तिम्रा लागि मेरो माया सधैं बिनासर्त रहनेछ’ भनेर लेखेकी थिइन्।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
