सोनाम ल्होसार तीन दिन
काठमाडौँ । सोनाम ल्होसार २८५९ औं ह्योअी तावार ल्हो ९बिरालो वर्ष० का अवसरमा टुँडिखेलमा तीन दिवसीय ल्होसार पर्व मनाइने भएको छ । ल्होछार मूल समारोह समितिले बिहीबार बौद्ध चुच्चेपाटीस्थित घेदुङको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
समितिका अनुसार तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत अन्य विभिन्न संघ–संस्थाको सहभागितामा शुक्रबार, शनिबार र आइतबार ल्होसार मनाउन लागिएको हो । महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्था ताम्बा, बोन्पो तथा लामा गुरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्याति प्राप्त कलाकारद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुति हुनेछन् । मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुलाई स्टलमा प्रदर्शन गरिने घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङले बताए ।
पहिलो दिन सांस्कृतिक उपसमितिले कलाकारद्वारा विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुति गर्नेछ । दोस्रो र तेस्रो दिन विशेष पूजापाठपछि सांगीतिक कार्यक्रम तय गरिएका छन् । तेस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागिता रहने कार्यक्रम छ । ल्होछारले तामाङ जातिको उद्गम सभ्यता, संस्कृति, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्ने उनको भनाइ छ ।
तामाङहरूले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ‘ल्हो’ अर्थ साल, वर्ष र ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष भन्ने हुन्छ । विभिन्न पशुपक्षीको नामबाट १२ वटा ‘ल्हो’ को नाम राखिएको हुन्छ । प्रत्येक वर्ष फेरिने दिनलाई समुदायले ल्हो पोवा, दोवा वा ल्होसार भनिन्छ । झण्डै तीन दशकदेखि काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होसार पर्व मनाइँदै आएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष भने समुदायले आ–आफ्नै घरमा ल्होसार मनाएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
