चाणक्य नीति : यस्तो पत्नीले घरलाई बनाउँछन् स्वर्ग, पतिहरू हुन्छन् भाग्यशाली
एजेन्सी । चाणक्य नीतिमा आर्थिक, कूटनीतिक मात्र नभएर व्यावहारिक ज्ञान पनि पाइन्छ । महान दार्शनिक आचार्य चाणक्यले पनि सामान्य जीवनको लागि धेरै महत्त्वपूर्ण जानकारी दिएका छन् । उनले भनेका कुराहरू सामान्य जीवनमा पनि धेरै उपयोगी साबित हुन्छन् । यहाँ वैवाहिक जीवनको कुरा गर्ने हो भने चाणक्य नीति अनुसार केही सूत्र पालना गरे घर स्वर्ग बन्छ ।
त्यसैले दाम्पत्य जीवनलाई सुखी र सफल बनाउन चाणक्य नीतिका केही कुराहरू अवलम्बन गर्नुपर्छ । चाणक्य नीति अनुसार महिला वा पत्नीले मात्रै वैवाहिक जीवनलाई सफल र सुखी बनाउन सक्छ । त्यसैले चाणक्य नीतिमा यस्ता पुरुषलाई भाग्यमानी भनिएको छ, जसको पत्नीमा यी विशेष गुण हुन्छन् । यस लेखमा चाणक्य नीति अनुसार विवाहित जीवन महिलाका ती गुणहरू, जसको कारणले दाम्पत्य जीवन सफल र सुखी बन्न सक्छ भनी बताइरहेको छ ।
शान्त र स्पष्ट दिमाग
चाणक्य नीतिका अनुसार जसको पत्नी शान्त स्वभावको र स्वच्छ मनको हुन्छ, त्यो पुरुष भाग्यमानी पति हो । यस्तो पत्नीले सधैं सम्पूर्ण परिवारको बारेमा सोच्दछ, यस्तो पत्नीको संगतले पतिको भाग्य उज्यालो बनाउँछन् । यस्तो पत्नीको साथमा घरमा सधैं सुख शान्ति रहन्छ । यसका साथ साथै शान्त स्वभावकी श्रीमती भए हरेक कठिन समय सजिलै बित्छ । बरु सधैं चिच्याउने र झगडा गर्ने श्रीमतीले राम्रो घरको वातावरण बिगार्छ ।
शिक्षित र संस्कारी श्रीमती
चाणक्य नीति अनुसार कुनै पनि महिला शिक्षित र संस्कारी हुनु अति आवश्यक छ । तब मात्र भावी पुस्ता पनि शिक्षित र संस्कारी बन्छ । यस्तो नारी परिवारको इज्जत ल्याउने हो । घरमा आउने पाहुनालाई सम्मान गर्ने । यस्तो पत्नीको संगतले पतिको भाग्य बढ्छ ।
सन्तुष्ट महिला
चाणक्य नीति अनुसार लोभी महिलाले परिवारको इज्जतमा हानि पुर्याउन पनि पछि पर्दैनन् । यस्तो श्रीमतीले घरमा झगडाको वातावरण बनाउँछ । बरु, सन्तुष्ट महिला स(साना कुरामा पनि सधैं खुसी हुने गर्छिन् । आफ्नो समझ शक्तिको बलमा उनीहरूले अप्ठ्यारो समयमा पनि परिवारलाई स्नेह बाँड्छन् र धागोमा बाँधेर राख्छन् ।
सहनशील पत्नी
चाणक्य नीतिका अनुसार धैर्य, सहिष्णुता भएकी पत्नी पक्कै पनि सम्पूर्ण परिवारका लागि अनमोल उपहार हुन् । यस्तो महिलाले कठिन समयमा पनि धैर्यतापूर्वक काम गर्छिन् र सधैं सम्पूर्ण परिवारलाई साथ लिन्छिन् ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

