• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ असार २०८३, सोमबार
२९ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • ७ घण्टा 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • ७ घण्टा 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • ७ घण्टा 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • ८ घण्टा 

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो
  • ९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा 

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • ३. मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

  • ४. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

  • ५. सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ६. मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ

  • ७. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • ८. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ९. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • १०. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को

जानकारी केन्द्र २०७९, चैत्र, २०

गलेश्वर । वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलको यो दृश्यले यहाँ पुग्नेको मात्र होइन त्यो दृश्यको भिडियो तथा तस्वीर हेर्नेकोसमेत मन रोमाञ्चक बनाउँछ ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडि हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । समुन्द्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा वसन्त ऋतुसँगै पर्यटकको भीड लागेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रको गुराँसे जङ्गलमा १९ प्रजातिका गुराँस पाइन्छन् । घोरेपानीदेखि एक घन्टाको पैदल दूरीमा उकालो हिँडे पछि पुगिने पुनहिलमा अहिले पर्यटकको भीड लागेको स्थानीय सुरेन गुरुङले जानकारी दिए ।

धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे« हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानी प्रहरीचौकीले जनाएको छ । प्रहरी सहायक निरीक्षक सन्तोष भुसालका अनुसार पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दाबढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । अहिले दैनिक प्रतिदिन तीन सयदेखि पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी र पुनहिल आउने गरेका छन् ।

धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प ९एबिसी० बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबिसीतिर जाने गरेका उहाँले जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । वसन्त ऋतुको अनुकूल मौसममा आन्तरिक पर्यटक प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् । मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको होटल व्यवसायीले बताएका छन् ।

विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले बताए। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।

वसन्त ऋतुको सुरुआतसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताए । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखै अगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण–५ शिखका बासिन्दा सुरेन गुरुङले जानकारी दिए। सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुराको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले बताए ।

घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या छन् । प्राकृतिक सौन्दर्यमा रमाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भरिएका छन् । हिमाल तथा गुराँसकै कारण घोडेपानी र पुनहिल चिनिएका छन् ।

प्रकृतिको सदाबहार सौन्दर्य, हिमशृङ्खलाको आकर्षण, स्थानीय सहयोगी तथा सेवा भावनाले घोडेपानी र पुनहिलको समृद्धि चुलिँदै गएको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष क्या डमबहादुर पुनले बताए । “पर्यटकका लागि मगर, गुरुङ बस्ती, कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँस जङ्गल पदमार्गको मुख्य विशेषता हो”, उनले भने, “घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढीमात्रामा पुग्ने गरेका छन् ।”

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार शुल्क लिने गरिएको छ । घोडेपानीमा जति पनि पूर्वाधार निर्माण भएका छन्, त्यसमा सरकारको लगानी थोरै र स्थानीयको श्रम बढी रहेको स्थानीय विरेन पुनले बताए ।

कास्कीको पोखरा–नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी तथा म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिखदेखि घोरेपानी र नागी–महरेडाँडाबाट पुनहिल पुग्न सकिन्छ । अन्नपूर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिँड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल पर्यटकको बाक्लो आगमन बढ्दै गएपछि सुविधासम्पन्न होटल बनेका छन् । पर्यटक आगमन बढ्न थालेपछि प्रहरीले सुरक्षाका लागि गस्ती गर्न थालेको छ । अन्नपूर्ण पदयात्रा मार्ग विश्वका उत्कृष्ट १० गन्तव्यभित्र पर्छ ।

म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुसलगायत पर्यटकीयस्थल पदयात्राको आकर्षण बनेको छ । वीरेठाँटीबाट भित्रिएका आधाजसो पर्यटक छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर अर्थात् एबीसी पुग्ने गर्छन् ।

पदयात्रामा जाने पर्यटकको आवास र खानाका लागि घोडेपानीमा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । पर्यटकको आवागमन बढ्दै गएपछि होटल व्यवसायीलेसमेत सेवासुविधालाई गुणस्तरीय बनाउँदै लगेका स्थानीय होटल व्यवसायीले बताएका छन् ।

घोडेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या क्षमता छ । कहिलेकाहीँ धेरै पर्यटक भएपछि होटलको आँगनमा टेन्ट राखेर पनि बास दिने गरेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए ।

घोडेपानी पुगेका धेरै पर्यटक हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.