भारतीय गायक तथा र्यापर हनी सिंहलाई ज्यान मार्ने धम्की
एजेन्सी । भारतीय गायक तथा र्यापर हनी सिंहलाई ज्यान मार्ने धम्की आएको छ । अहिले क्यानाडामा रहेका ग्याङस्टार गोल्डी बरारले र्यापर सिंहलाई ज्यानको धम्की दिएका हुन् ।
आज तकका अनुसार गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन् । सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन् । हनीले उक्त भ्वाइस सन्देश प्रहरीलाई बुझाएका छन् । प्रहरीले गायकले दिएको उजुरीका आधारमा छानबिन सुरु गरिसकेको छ ।
गोल्डी बरार त्यही ग्याङस्टार हुन्, जसको नाम पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यामा जोडिएको थियो । गोल्डीले लरेन्स विश्वनोई जस्तो कुख्यात ग्याङस्टारसँग मिलेर सिद्धुको हत्याको योजना बनाएका थिए ।
हनीले सन् २००५ मा संगीतकारका रुपमा करियर सुरु गरेका थिए । धेरै हिट गीत र रयापबाट पहिचान बनाएका हनी लागुऔषधको लतमा फँसेका थिए । त्यसपछि उनलाई बाइपोलर डिसअर्डर भएको थियो ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

