आजदेखि प्रदर्शनमा ‘लुङा’
काठमाडौँ । शुक्रबार प्रदर्शन अन्तर्गत नयाँ नेपाली चलचित्र ‘लुङा’ प्रदर्शन भएको छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गरेका छन् ।
बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारले अभिनय गरेको चलचित्र सम्पूर्ण वर्गका दर्शकको लागि रहेको निर्देशक राईले जानकारी दिए । “यसलाई हामीले प्रेम कथानक शैलीमा तयार गरेका छौँ”, निर्देशक राईले भने ।
यसमा भुवन सिङ्ह राईले लेख्नुभएको कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिएका हुन् । काठमाडौँमा जिजिए ग्रुप र रीच इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ ।
यस्तै, दोस्रो सातामा चलचित्र ‘बगान’ प्रदर्शन भइरहेको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत निर्देशक बनेका हुन् ।
“एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नेछन्”, निर्देशक खनालले भने ।
चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् ।
स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ । दोस्रो सातामा दर्शक बढ्ने विश्वास वितरक करण श्रेष्ठले व्यक्त गरे । उनले भने, “पहिलो साता चलचित्र हेर्नुभएको दर्शकले दिनुभएको प्रतिक्रियाले चलचित्र भवनमा भीड देखिनेमा विश्वस्त छौँ । यसको सो सङ्ख्या पहिलो साताझैँ कायम छ ।” रासस
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
