काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको कोर टिम सार्वजनिक भएको छ । रविका लागि चन्दा उठाउने र कमिसन कुम्ल्याउने काममा संलग्नहरूको रास्वपाकै पूर्व सांसद ढाकाकुमार श्रेष्ठले नाम सार्वजनिक गरेका हुन् ।
रास्वपाका नेता श्रेष्ठले स्पेश फोके टेलिभिजनमा अन्तवार्ता दिँदै अमेरिकाको बाल्टिमोरमा बस्दै आएका महोनजंग थापा रविको कोर टिमका एक सदस्य रहेको सार्वजनिक गरेका हुन् ।
थापाले मन्त्री बनाउनका लागि लागि ३ करोड डिल गरेको पनि उनले खुलासा गरेका छन् । मनोज र रवि व्यवसायिक साझेदार समेत रहेको निकटहरूले बताएका छन् । थापा अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन् ।
उनी रविको पार्टीका लागि पैसा संकलनका लागि केही समय नेपाल बसेका थिए । नेकपा एमालेका पूर्व नेता दुर्गाप्रसाइले रविले मन्त्री र सांसद बनाउन करोड असुल गरेको विषय सार्वजनिक गरेपछि चौतर्फी दबाबमा रविले ढाकाकुमारको सांसदबाट हटाएका थिए ।