सवारी दुर्घटना रोक्न राजमार्गमा सामूहिक पूजा
निजगढ । पूर्वपश्चिम महेन्द्र राजमार्गको निजगढ सडकखण्डमा दिनहुँ जसो सवारी दुर्घटनाबाट अकालमा ज्यान गुमाउनेहरूको सङ्ख्यामा बढेसँगै दुुर्घटना न्यूनिकरणका लागि सामूहिक पूजा गरिएको छ ।
निजगढ नगरपालिकाको बकैयापुल, जमुनापैनी, शहीदचोक, देउरालीचोक, लच्का, भमरा, सिगौल जाने गेट, धन्सार पुल लगायतका स्थानमा ज्यानै जाने गरी सवारी दुर्घटना बढेसँगै दुर्घटना नियन्त्रणको लागि हिन्दु धर्म अनुसार भागवत सप्ताह, होम लगायत पूजापाठ गरिएको छ ।
यो सडकखण्डमा दुई महिनाभित्र दुई दर्जनभन्दा बढी मोटरसाइकल र अन्य सवारी साधन दुर्घटनामा छ जना युवाभन्दा बढीको मुत्यु, डेढ दर्जन व्यक्तिको अङ्गभङ्ग र केहि व्यक्तिहरू गम्भीर घाइते भएकाले हिन्दु वैदिक विधि अनुसार पूजापाठ गरिएको र यसबाट दुर्घटना न्यूनिकरण हुने विश्वास गरिएको छ ।
पूजन समारोहमा तीन दर्जन बढी ब्राह्मण सहभागी भएको र आगामी दिनमा दुर्घटना न्यूनिकरण हुने विश्वास गरिएको छ । पूजा गरिएपछि दुर्घटना न्यूनिकरणका साथै दुर्घटनाबाट दिवगंत भएका आत्माको शान्ति हुने पण्डितहरु बताउँछन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


