• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १० घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • ११ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १५ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १५ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १५ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १६ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १६ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

क्यानडाको नयाँ नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर पर्छ ?

जानकारी केन्द्र २०८०, माघ, ११

बीबीसी । क्यानडाले आगामी दुई वर्षसम्मका लागि आफ्नो देशमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने जनाएपछि यसको असर क्यानडा जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूमा पर्ने शिक्षा मन्त्रालयका एक जना अधिकारीले बताएका छन् ।

आवास र स्वास्थ्य सुविधा पुर्‍याउन समस्या भएको उल्लेख गर्दै क्यानडाले अध्ययन अनुमतिमा ३५ प्रतिशतसम्म कटौती गर्ने जनाएको छ । सन् २०२२ मा क्यानडामा अध्ययनका लागि ८,००,००० विदेशी विद्यार्थीहरू पुगेका थिए । यस्तो सङ्ख्या त्यसको एक दशकअघि २,१४,००० मात्रै थियो ।

क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले यो वर्ष स्नातक अध्ययनका लागि ३,६०,००० अनुमति मात्रै वितरण गरिने बताएका छन् । यसको प्रत्यक्ष असर पछिल्लो समय प्रमुख शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूमा पर्ने शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए ।

“कुनै किसिमको आप्रवासन नीतिमा प्रतिबन्धहरू थपिए भने अरू देशका जस्तै नेपालका विद्यार्थीहरूलाई पनि असर त पार्ने नै भयो,” सापकोटाले भने । “अहिलेको सूचना प्रविधिको जमानामा अलिकति सजय भएर मात्रै पढ्न जाने देश र विश्वविद्यालय रोज्न हाम्रो विद्यार्थीहरूलाई अनुरोध छ ।”

अहिले क्यानडाका विभिन्न प्रान्तमा रहेका विदेशी विद्यार्थीहरूको चापलाई ध्यान पुर्‍याएर सबै प्रान्तमा निश्चित सङ्ख्यामा विद्यार्थी जान पाउने गरी सरकारले त्यस्तो अनुमति दिने बताइएको छ । त्यसका आधारमा प्रान्तहरूले आफ्नो क्षेत्रमा रहेका विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नाको कोटा तोक्ने छन्।

यो सीमा स्नातक वा अन्डरग्राजुएट विद्यार्थीहरूका लागि मात्रै तोकिएको उल्लेख गरिएको छ । नेपालका शैक्षिक परामर्श दाताहरूले स्नातकोत्तर तह अध्ययनका लागि जाने विद्यार्थीका लागि यो नीतिले असर नपुग्ने ठानिएको बताएका छन् । त्यसै गरी अध्ययन अनुमति नवीकरण गर्ने विद्यार्थीहरूका लागि पनि यो लागू नहुने बताइएको छ ।

मुख्य परिवर्तन के के हुन् ?
पछिल्लो नीतिगत परिवर्तनसँगै क्यानडा सरकारले आगामी सेप्टेम्बरसम्म कलेजहरूमा स्नातक पढ्दै गरेका विद्यार्थीहरूका लागि वर्क पर्मिट अर्थात् श्रम स्वीकृति जारी नगर्ने भएको छ । यस्तो स्वीकृति सार्वजनिक निजी साझेदारीका आधारमा दिइने गरिएको थियो ।

अध्यागमन मन्त्रीले कुनै निश्चित देशका विद्यार्थीप्रति नयाँ नीति लक्षित नरहेको र सबैका हकमा यो लागु हुने बताएका छन् । केही कलेजहरूले चर्को शुल्क लिएर उच्च सङ्ख्यामा विदेशी विद्यार्थीहरूको भर्ना लिएको तर विद्यार्थीहरूका लागि आवश्यक सहयोग नगरेको त्यहाँका मन्त्रीको दाबी छ । शिक्षामा गुणस्तर कायम गर्नका लागि यस्तो नीति लिइएको क्यानडाले जनाएको छ ।

जस्टिन ट्रूडो नेतृत्वको सरकारमाथि क्यानडामा आवास समस्या सम्बोधनका लागि दबाव बढिरहेका बेला नयाँ नीति घोषणा गरिएको बताइएको छ । पछिल्लो दुई वर्षमा क्यानडामा घर भाडा २२ प्रतिशतसम्म बढेको विवरण सार्वजनिक भएका छन् । कतिपयले बढ्दो आप्रवासीहरूको सङ्ख्यालाई यसको कारक ठानेका छन् ।

क्यानडामा जनसङ्ख्या वृद्धिदर उच्च छ। केही महिनाअघि मात्रै यो देशको जनसङ्ख्या ४ करोड पुगेको थियो । पाको उमेरका मानिसहरूको सङ्ख्या बढिरहेको क्यानडाले कामदारहरूको आवश्यकता पुर्‍याउन यसअघि आफ्नो आप्रवासन नीति खुकुलो बनाएको थियो ।

नेपाली विद्यार्थीलाई कस्तो असर पर्छ ?
क्यानडाको नयाँ नीतिले त्यहाँ जाने योजनामा रहेका नेपाली विद्यार्थीहरूलाई असर गर्ने शैक्षिक परामर्शदाताहरू बताउँछन् । शैक्षिक परामर्शदाताहरूको संस्था ईक्यानका अध्यक्ष शेषराज भट्टराईका अनुसार नेपालबाट क्यानडा जाने विद्यार्थीहरूमध्ये अधिकांश स्नातक तहको पढाइका लागि जाने गरेका छन् ।

“क्यानडा पनि काम पाइने ठाउँको रूपमा जाने गन्तव्य थियो । तर २०२४ को सेप्टेम्बरसम्म भर्ना हुने विद्यार्थीहरूलाई पीजीडब्लूपी (श्रम स्वीकृति) को अधिकार दिएको छैन त्यसले गर्दा अब क्यानडा जाने सङ्ख्या घट्ने देखिन्छ,” उनले भने ।

भट्टराई नयाँ नीति र त्यहाँ देखिएको आवास र रोजगारीको समस्याका कारण क्यानडा जान धेरै कुरा विचार गर्नुपर्ने बताउँछन् । “अझ बढी ध्यान दिनुपर्ने र परामर्श लिनुपर्ने देखिन्छ। त्यहाँ गइहाल्ने र काम पाइहाल्छ भन्ने अवस्था अहिले क्यानडामा छैन,” उनले भने ।

“क्यानडा शैक्षिक गन्तव्य बन्न सक्ला तर त्यहीँ काम गर्छु र कमाउँछु भन्ने अपेक्षा बोकेर जाने विद्यार्थीहरूको लागि गन्तव्य बन्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो ।” सन् २०२३ मा क्यानडा गएका विद्यार्थीहरूको सङ्ख्याले त्यहाँ कामसँगै पढ्न पाइने अपेक्षा राखेरै नेपाली विद्यार्थीहरू गएको देखाउने शैक्षिक परामर्शदाताहरू बताउँछन् ।

क्यानडा किन प्रमुखमध्येको गन्तव्य बन्यो ?
शिक्षा मन्त्रालयका अनुसार पछिल्लो समय क्यानडा नेपाली विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्य बनिरहेको छ । गत साउनदेखि पुस मसान्तसम्म मात्रै १२,०४९ जना नेपालीहरूले क्यानडामा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका छन् ।

उक्त अवधिमा नेपाली विद्यार्थीहरूले अस्ट्रेलिया र जापानका लागि भन्दा धेरै अनुमति क्यानडा पढ्नका लागि लिएका छन् । गत आर्थिक वर्षमा मात्रै २१ हजार जनाभन्दा धेरै नेपाली विद्यार्थीहरूले क्यानडामा अध्ययनका लागि मन्त्रालयबाट अनुमति लिएका थिए । यो सङ्ख्या अस्ट्रेलियापछि दोस्रो धेरै हो ।

गत वर्ष अस्ट्रेलियाका लागि अनुमति लिने विद्यार्थीहरूको सङ्ख्या ३१ हजारभन्दा धेरै थियो । तेस्रो धेरै अनुमति जापान पढ्नका लागि लिइएको छ । आर्थिक वर्ष २०७८-७९ मा भने क्यानडा जाने विद्यार्थीहरूको सङ्ख्या अस्ट्रेलिया, जापान र अमेरिकाभन्दा कम थियो । उक्त अवधिमा पाँच हजार जनाले क्यानडा जान अनुमति लिएका थिए ।

कोभिड महामारीका कारण आर्थिक वर्ष २०७७-७८ मा भने २,४७५ जनाले मात्रै क्यानडामा अध्ययनका अनुमति लिएका थिए । मन्त्रालयका प्रवक्ता सापकोटा भिसा नीति सहज भएका कारण नेपाली विद्यार्थीहरूको रोजाइ क्यानडा बनेको बताउँछन् ।

“विश्वविद्यालयहरूले दिने सुविधा र भिसा लगायतका अध्यागमन बारे जारी गरेका उदार नीति र अध्ययनका साथसाथै वा अध्ययनपश्चात् रोजगारीका सम्भावनाहरूका कारण हाम्रा विद्यार्थीहरूले क्यानडालाई गन्तव्य बनाएको हुनुपर्छ,” सापकोटाले भने ।

ईक्यानका अध्यक्ष भट्टराईका अनुसार अस्ट्रेलियाले आप्रवासी विद्यार्थीमा गरेको कडाइ र सहजै भिसा पाउने अवस्थाका कारण क्यानडामा नेपाली विद्यार्थीको आकर्षण बढेको हो । “क्यानडा नयाँ प्रिमिअम गन्तव्य बन्यो। यो स्तरमा विद्यार्थीहरू गएको रेकर्ड थिएन,” उनले भने ।

तर क्यानडामा अस्ट्रेलियाजस्तो विदेशी विद्यार्थीका लागि सबै कुरा अनुकूल नभएको र त्यहाँ काम गर्दै पढ्ने सुविधाका लागि सरकारले पनि पूर्वाधारहरू व्यवस्था गरी नसकेको उनले बताए । “क्यानडा भिसा पाउन सजिलो हो । लागत चाहिँ क्यानडा जान पनि अस्ट्रेलिया जति नै हो,” उनले भने । अहिले क्यानडा जाने नेपाली विद्यार्थीहरूले २०/२५ लाख रुपैयाँको हाराहारी खर्च गरिरहेको उनले बताए ।

क्यानडामा कस्तो समस्या छ ?
क्यानडामा रोजगारी नपाएको लगायतका कारणबाट डिप्रेसनमा परेको भनिएका एक जना नेपाली विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काइएको गैर आवासीय नेपाली सङ्घ ‘एनआरएनए’का प्रतिनिधिहरूले बताएका थिए ।

एनआरएनए एनसीसी क्यानडाले नयाँ विद्यार्थीहरूका लागि गत नोभेम्बरमा आयोजना गरेको अनलाइन वेबिनारमा त्यहाँ पढ्न जाने नेपाली विद्यार्थीहरूका लागि देखिएका चुनौतीबारे छलफल आयोजना गरेको थियो ।

एनआरएनए क्यानडाको फेसबुक पेजमा राखिएको उक्त भिडिओमा आफू पूर्व विद्यार्थी भएको बताउने विजय अधिकारीले क्यानडामा अहिले कोठा खोज्ने र रोजगारीको समस्या रहेको बताएका छन् ।

“कोभिडभन्दा अगाडि काम पाउन र कोठा पाउन स्थिर थियो । अहिले त्यस्तो छैन । अहिले खराब मन्दी चलिरहेको छ,” आफू आउँदा काम पाउन समस्या नै नभएको र न्यूनतम ज्यालाभन्दा पनि धेरै तलब पाउने गरी समेत जागिर पाइने गरेको विजयले बताएका छन् ।

“तीनदेखि छ महिनासम्म आफूलाई यहाँ सेटल गर्न गाह्रो छ अहिले,” उनले भनेका छन् । कतिपयले जागिर र बस्ने ठाउँ खोजिदिने नाममा पनि ठगी हुने गरेको भन्दै एनआरएनएले सचेत गराएको छ ।

बीबीसी उर्दूले क्यानडामा कोठा नपाएर एअर बीएनबीमा बस्न बाध्य भएको र दैनिक ८० देखि १०० डलर तिरेर बस्नुपर्दा आफ्नो पैसा सकिएपछि समस्यामा परेका एक जना पाकिस्तानी विद्यार्थीको कथाबारे समाचार बनाएको छ ।

क्यानडामा स्नातक अध्यापन गर्ने क्याम्पसहरूको सङ्गठन युनिभर्सिटिज् क्यानडाले सरकारको नीतिलाई स्वागत गर्ने तर त्यसले यसअघि नै दबावमा रहेको प्रणालीमाथि थप चाप पर्ने बताएको छ । उक्त संस्थाले यस्तो नीतिले क्यानडा अध्ययनका लागि जाने तयारी गरिरहेका विद्यार्थीहरू अन्यत्र जानसक्ने बताएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.