कर्मचारीको मनपरितन्त्र : न लगाउँछन् तोकिएको पोशाक, न कार्यकक्षमै भेटिन्छन्
काठमाडौं । अनुगमनको क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै धेरै कर्मचारी बाहिरी पोशाक लगाएर जाने, पूरै समय कार्यालयमा नबस्ने, आफू खुशी हिँड्ने गरेको भेटिएको छ ।
पोशाकका लागि वार्षिक १० हजार भत्ता बुझ्ने तर ‘हिरोइज्म’ देखाउँदै चुल्ठेमुन्द्रे शैलीमा कार्यालय पुग्ने कर्मचारीकै बिगबिगी अचेल सिंहदरबारमै देखिएको हो । अरु कर्मचारीलाई नीति नियम सिकाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु नै नीति नियम उडाउने गरेको भेटिएका छन् ।
राष्ट्रिय सर्तकता केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुगमन गर्दा अधिकांश कर्मचारीहरूले तोकिएको पोशाक नलगाइ कार्यालय जाने गरेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले यही माघ ११ गते गरेको छड्के अनुगमनमा संघीयका १८ जना कर्मचारी तोकिएको पोशाक नलगाई कार्यालय पुगेका थिए । यसरी तोकिएको पोशाक नलगाइ कार्यालय पुग्नेमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म रहेका केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
