काजोल–अजय प्रेमकथा : प्रस्तावै नराखी प्रेम, घरको छतमा बिवाह
अजय देवगनको वास्तविक नाम विशाल वीरु देवगन हो । उनका नजिकका साथीभाइ, आफन्त र परिवारका सदस्यले उनलाई ‘राजु’ भनेर बोलाउँछन् । अजयको खास चिनारी एक्सन हिरोको रुपमा छ । यद्यपी उनी रोमान्टिक र कमेडी हिरोको रुपमा पनि उत्तिकै जमेका छन् ।
अजय ‘फूल और कांटे’ हुँदै ‘जीगर’, ‘विजयपथ’, ‘दिलवाले’, ‘दिलजले’, ‘इश्क’सम्म आइपुग्दा उनी एक्सन हिरोबाट लभर ब्वाईमा रुपान्तरण भइसकेका थिए । त्यसबेला अजयको डायलग, स्टाइल खुब बिक्थ्यो । अहिले पनि अजयको ‘मार्केट’ घटेको छैन, उस्तै छ ।
उनको करियर जस्तै प्रेम पनि सफल छ । अजयले अभिनेत्री काजोलसँग विवाह गरेका थिए । अहिले उनीहरु दुई छोराछोरीका आमाबुवा बनेका छन् । दुबै छोराछोरी हुर्किसके । यतिबेला पनि काजोल र अजयको लभ लाइफबारे चर्चा भइरहन्छ ।
रमाइलो त के भने, जतिबेला काजोल र अजय एउटै फिल्ममा काम गर्थे, त्यसबेला काजोल अरु कसैसँगको अफेयरमा थिइन् । काजोलले आफ्नो प्रेम सम्बन्धबारे कुनै जिज्ञासा मेट्नुपरेमा अजयसँग नै कुरा गर्थिन् त्यतिबेला । तर, पछि भने अजय र काजोल आपसमा एकाकार भए ।
अजय र काजोलको भेट पहिलो पटक सेटमा भएको थियो । त्यसबेला काजोललाई अजय देवगन घमन्डी जस्तै लागेको थियो । तर, पछि उनको भ्रम हट्यो । काजोल र अजय एकअर्काको राम्रा साथी थिए । तर, क्रमशस् उनीहरुको मित्रता प्रेममा बद्लियो । दुबैले कहिले पनि एकअर्कालाई प्रस्ताव गरेनन् । यद्यपी उनीहरुले एकअर्काले मन पराएको अनुभूत भने गरिरहे ।
अहिले बलिउडकर्मीको विवाहले सर्वत्र तरंग पैदा गर्छ । उनीहरुको विवाहको निमन्त्रण कार्डदेखि भोजसम्मको अनेकन चर्चा हुन्छ । विवाहको रौनक सेलाउन महिना दिन लाग्छ । तर, अजय र काजोलको विवाह एकदमै सामान्य ढंगले भएको थियो ।
खासमा अजय धेरै भव्य ढंगले वा तामझामका साथ विवाह गर्ने पक्षमा थिएनन् । त्यसैले उनी आफ्नो बेडरुमबाट तयार भएर छतमा गए, जहाँ विवाहको सारा विधी पुरा गरियो । घरको छतमा नै उनले काजोलसँग सात फेरो लिए । त्यसपछि दुबै आफ्नो कोठामा फर्किए । उनीहरुले २४ फेब्रुअरी १९९९ मा विवाह गरेका थिए ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
