अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ
जानकारी केन्द्र
२०८०, फाल्गुन, ११
काठमाडौं । देशका विभिन्न ठाँउबाट अवैध लागूऔषध सहित ११ जना पक्राउभएको नेपाल प्रहरीले बताएको छ । मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३८ मिलिग्रामसहित सोही महानगरपालिका-१७ बस्ने ३५ वर्षीय अनबर अलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले बताए अनुसार झापा, दमक नगरपालिका-६ दमक पश्चिम जेशिस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित गौरीगंज गाउँपालिका-३ रिमाल टोल बस्ने १९ वर्षीय गगन रिसिदेवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त घटनामा सोही ठाउँ बस्ने २७ वर्षीय रविन पासवान समेत संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनलाई दमक नगरपालिका-६ थाना लाईनबाट पक्राउ गरेको छ ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ घर बताउने १९ वर्षीय निराज मण्डल र सोही नगरपालिका-६ घर बताउने १९ वर्षीय राहुल चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरीले बताएकोे छ ।
त्यस्तै गरेर कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ बनगाई पचेहरास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयबाट पिपराबाट खटिएको प्रहरीले लु.२२ प ७५० नम्बरको मोटरसाइकलललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले लु.३ प.२७१३ नम्बरको मोटरसाइकललाई समेत जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ जना व्यक्ति मोटरसाइकल छोडी फरार भएका छन् । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले बताए अनुसार बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह टंकपसरी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित भारत बहराईच रुपैडिहा थाना हासीयात टोल बस्ने २२ वर्षीय अनिस खानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरीले बताएकोे छ। कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने ३० वर्षीय शिवदास राना र २० वर्षीय बिरेन्द्र राना रहेका छन् । अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-१० पदमपुर बस्ने २३ वर्षीय बिकाश विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । त्यसैगरी सप्तरी, खड्क नगरपालिका-३ बनरझुला टोल बस्ने ६० वर्षीय तारा प्रसाद चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ४ सय ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
