करिब ३२ किलो गाँजासहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ
काठमाडौं । बारा, सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका-३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.३८ प १४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार धादिङ, गल्छी गाउँपालिका-७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके घर भएका २४ वर्षीय सोलामोदिन शेक र सोही उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय राम्जन आली रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सर्लाही, लालबन्दी नगरपालिका-१ लखनदेही पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित भारत घर भएका २० वर्षीय छोटु पासवानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बीआर ३० एजी १६४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त गाँजासहित पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
