ओमन पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा एक जना पक्राउ
काठमाडौं । ओमन पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाईदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पुर्याएर जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
