अभिनयसँगै रामायणको निर्माता बने यश
काठमाडौँ । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् । उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्याउने फिल्म बनाउने रहेको बताए ।
यशले नमितसँग फिल्मको भिएफएक्सबारे छलफल गरेको बताए । नमितले यो चलचित्र निकै ठुलो बन्ने विश्वास व्यक्त गरे । नमित मल्टिपल एकेडेमी अवार्ड विजेता भिजुअल इफेक्ट कम्पनी डिएनइजीका ग्लोबल सीईओ पनि हुन् ।
यशले लस एन्जलसको भिएफएक्स स्टुडियो चलाउने व्यक्ति भारतीय (नमित मल्होत्रा) हो भन्ने थाहा पाउँदा निकै अचम्म लागेको बताए । यस फिल्मसँग नमित मल्होत्रा पहिले नै जोडिएको खुलासा भएको छ । रामायणसँग यस अघि अभिनेताको रुपमा जोडिएको र अब फिल्ममा सह–निर्माताको जिम्मेवारी लिएको बताए ।
हालै रामायणको सुटिङसँग सम्बन्धित केही तस्विरहरु भाइरल भएका छन् । तस्बिरमा अरुण गोविल रामको भूमिकामा देखिएका छन् । जहाँ लारा दत्त कैकेयीको भूमिकामा देखिएकी थिइन् । फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको छ । फिल्मको पहिलो शेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निभाएका बाल कलाकारहरू सुटिङमा देखिएका छन् । यसमा अभिनेता शिशिर शर्मा गुरु वशिष्ठको भूमिकामा देखिनेछन् । चाँडै रणवीर कपुरले पनि फिल्मको छायांकन सुरु गर्नेछन् ।
यस फिल्ममा रणवीर भगवान रामको भूमिकामा देखिनेछन् । रणवीरले भगवान रामको अभिव्यक्ति र भाषाशैलीलाई राम्रोसँग फिल्म गर्न आवाज र डिक्शन तालिम लिइरहेका छन्। साउथ अभिनेत्री साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । यसले यस फिल्ममा रावणको भूमिका निभाउने बताइएको भएपनि अहिलेसम्म स्पष्ट गरिएको छैन ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


