छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड
काठमाडौँ । बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।
यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण समेत गर्दैछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड भारु लगानी गर्दै छन् ।
बलिउड हंगामामा रिपोर्टका अनुसार, ‘किंग’ शाहरुखको महत्वाकांक्षी एक्शन फिल्म हो । यो चलचित्रको प्रि-प्रोडक्सनमा विगत एक वर्षदेखि टिमले काम गरिरहेको छ । शाहरुख आफैंले छोरीको डेब्यु फिल्मलाई ठूलो बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।
‘किंग’ सँग सम्बद्ध फिल्म निर्माता सिद्धार्थ आनन्दले अहिले केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई बोर्डमा ल्याउने प्रयास गरिरहेका छन् ।
सिद्धार्थ शाहरुखसँग मिलेर यो फिल्मलाई ग्लोबल एक्शन थ्रिलर बनाउने काम गरिरहेका छन् । उनले अन्तर्राष्ट्रिय स्टन्ट विज्ञहरूसँग फिल्मको स्टन्ट डिजाइन गर्दैछन् र भिएफएक्सको सहयोगमा यसलाई वास्तविक टच दिन व्यस्त छन् ।
‘किंग’ को छायांकन यसै वर्षको मेबाट सुरु हुनेछ । यसको ५ महिनामा छायांकन गरी अर्को वर्षको दोस्रो हाफमा रिलिज गर्ने निर्माण पक्षको योजना छ ।
सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘द आर्चिज’ बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनी वेरोनिकाको भूमिकामा देखिएकी थिइन् । यसका लागि उनले एउटा गीत पनि गाएकी थिइन् ।
यस फिल्मका अलावा शाहरुखले आफ्नो छोरा आर्यन खानलाई निर्देशन गर्दै डेब्यू वेब सिरिज ‘स्टारडम’ को सुपरिवेक्षण गरिरहेका छन् ।
त्यसैगरी शाहरुख अन्तिम पटक डिसेम्बर २०२३ मा रिलिज भएको ‘डंकी’ मा देखिएका थिए । उनले यसै वर्षको अन्त्यसम्ममा ‘पठान २’ को छायांकन सुरु गर्न सक्ने बताइएको छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


