प्रदीप र सुदर्शनबीच अर्थपूर्ण सहकार्य
जानकारी केन्द्र
२०८१, बैशाख, ४
काठमाडौँ । चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । यस वर्षको दशैंपछि छायांकनको तयारी गरिएको फिल्म प्रेम कथामा बन्ने बताइएको छ । फिल्ममा प्रदीपको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिने समेत बुझिएको छ ।
प्रदीप र सुदर्शनबीच फिल्म ‘प्रेमगीत’ पछि सम्बन्ध चिसिएको थियो । तर पछिल्लो समय प्रदीप र सन्तोष सेनबीचको सम्बन्धका बारेमा समेत अनेक अड्कलबाजी चलिरहेका बेला प्रदीप र सुदर्शनबीच सहकार्य हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस फिल्म अघि सुदर्शनले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर ‘रावायण’ बनाउँदैछन् । त्यस्तै प्रदीप पनि पुजार सार्की, एक्टर, पिताम्बर, ऐरी, एक्लो जस्ता फिल्ममा काम गर्दै छन् ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
