छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
काठमाडौं । छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुने भएको छ । अवार्डको छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०८० बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।
सगरमाथा म्युजिक अवार्डका पाँच संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । छैटौं संस्करण भने विदेशमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।
छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपालले जनाएको छ ।
त्यस्तै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए । छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
