रौतहटको माधवनारायणमा आगलागी,५ घर जलेर नष्ट
जानकारी केन्द्र
२०८१, बैशाख, २१
रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ। बिहीबार दिउँसो साढे १ बजे स्थानिय मोहिचन्द मुखियाको फुस र खपडाको छाना भएको कच्ची घरबाट सल्किएर रामानन्द मुखिया, शिवजी बिन, राज नारायण मुखिया, र हृदय नारायण मुखियाको घर गोठ जलेर नष्ट भएको हो।
आगलागीबाट घर गोठ जलेर घरभित्र रहेको अन्नपात लत्ताकपडा, गरगहना, नगद सहित ७ लाख ५० हजार ५०० रुपैया बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
घटनालगतै सुरक्षा वेश भलोहियाबाट सई भैरो बहादुर राईको कमाण्डमा गएको ७ जना, प्रहरी चौकी मधोपुरबाट असई शेख हुल सुल्ताहको कमाण्डमा गएको ७ जना, गौर नगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा साढे दुई बजेको आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
