कुवेत पठाइदिन्छु भन्दै नयाँदिल्ली पुर्याएर वेश्यावृतिमा लगाएको अभियोगमा एकजना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै महिलालाई भारतको नयाँदिल्ली पुर्याई वेश्यावृतिमा लगाएको अभियोगमा दाङ बबई गाउँपालिका-५ घर भएका ४५ वर्षीय पूर्ण बहादुर भण्डारीलाई बुधबार सोही गाउँबाट प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ।
प्रहरीका अनुसार पीडित महिला नयाँदिल्लीबाट २०८० असार १३ गते भाग्न सफल भई नेपाल फर्की मानब बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएपश्चात इलाका प्रहरी कार्यालय तुलसीपुर समेतको समन्वयमा उनलाई पक्राउ गरिएको छ ।
पीडित महिलालाई कुवेत जान लाग्ने सम्पूर्ण खर्च आफै लगानी गरिदिने प्रलोभन देखाई भारतबाट बिदेश जाने प्रक्रिया छिटो हुने भनि विश्वासमा पारी भारतको नयाँदिल्ली पुर्याइ एयरपोर्ट नजिकैको फल्याटमा बन्धक बनाई वेश्यावृतिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
