बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बारा । बाराको वनमा चोरी सिकारीको समूह सक्रिय रहेको पाइएको छ। निजगढ नगरपालिकामा सिकारीहरूको समूहले वनकार्यालय नजिकैको जंगलमा आइतबार गोली हानेर हरिण मारेका छन्।
सिकारीहरूले निजगढ सबडिभिजन वन कार्यालयबाट करिब पाँच सय मिटर दक्षिणमा पर्ने निजगढ– ९ को आदर्श सदावहार सामुदायिक वन क्षेत्रभित्र बयस्क हरिणलाई गोली हानेर मारेका हुन्।
जंगलमा बन्दुक पड्केको आवाज सुनेपछि वन कर्मचारीहरू तत्काल घटनास्थलमा पुगेका थिए। गस्ती टोली पुगेपछि मृत हरिण बोकेर लैजाने तयारीमा रहेका १५–१६ जनाको समूहमा रहेको सिकारी टोली भने भागेको थियो।
कार्यालयका रेन्जर निरज पोखरेलका अनुसार करिब दुई वर्ष उमेर र सय किलो तौलको सो हरिणलाई सिकारीहरूको समूहले डिभिजन वन कार्यालयको दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट करिब तीन मिटरभित्र जंगलमा दिउँसो ३ बजे गोली हानेर मारेका हुन। हरिणको गर्धनको ६ स्थानमा गोलीको छर्रा लागेको पाइएको रेन्जर पोखरेलले जानकारी दिए।
‘वन कार्यालयनजिकै जंगलमा लगातार चार–पाँचपटक बन्दुक पड्केको आवाज आयो । त्यसपछि हामी आवाज पड्केको स्थानतर्फ जाँदा १५–१६ जनाको समूहका सिकारीहरू हामीलाई देखेर भागे,’ उनले भने।
फरार सिकारीहरूको हुलियाको आधारमा उनीहरूलाई पहिचान गर्न र घटनाको थप अनुसन्धान गर्न टोली खटाइसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ। सिकारी भागेपछि मृत अवस्थामा बरामद भएको हरिणलाई निजगढ सबडिभिजन वन कार्यालय परिसरमा ल्याएर स्थानीय जनप्रतिनिधिको रोहवरमा गाडिएको छ।
यसअघि वन क्षेत्रमा सिकारीहरूले डढेलो लगाएर सिकार गर्ने तथा डढेलोका कारण राजमार्ग तथा बस्तीसँगै रहेको वन क्षेत्रमा हरिण, मृग, चित्तलजस्ता वन्यजन्तुु बस्न थालेपछि सिकारीहरूको समूहसमेत सक्रिय हुँदै आएका छन्।
केही समयअघि मात्रै डिभिजन वन कार्यालय बाराको रात्रि गस्ती टोलीले कोल्हवी नगरपालिकाको वन क्षेत्रबाट वन्यजन्तु सिकार गर्ने दुईजनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट भरुवा बन्दुकमा प्रयोग हुने बारुद फेला परेको थियो।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
