धनमाल चोरीमा संलग्न गिरोह पक्राउ
काठमाडौं । ललितपुरको खोकना स्थित एक घरमा कोही नभएको बेला गहना र आइफोन चोरीमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको ललितपुर महानगरपालिका-२१ खोकनास्थित नवराज गुरुङ्गको घरमा कोही नभएको समयमा सुन चाँदीका गरगहनाहरु, नगद तथा आइफोन चोर्ने दुई व्यक्तिहरुलाई प्रहरीले पक्राउ बिहीबार पक्राउ गरेका हो।
पक्राउ पर्नेमा रामेछाप घर भई ललितपुरको खुमल्टार बस्ने कमल थापा मगर र धनलाल मगर रहेका छन्। उनीहरूले गत वैशाख ७ गतेदेखि ९ गतेको बिचमा उक्त घरबाट सामाग्रीहरु चोरी बिक्री समेत गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गर्दा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ घर भई काठमाण्डौँका बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने सुवास सुनार र सोही नगरपालिका ५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीमा सुन–चाँदी पसल संचालन गरी बस्ने रेशम बि.क पनि पक्राउ परेका छन्।
रमेश र कमलले आफूले चोरी गरेका धनमाल सुवास सुनार र रेशम बि.कलाई बिक्री गरेका थिए। उनीहरूलाई थप कारबाहीका लागि जिल्ला परिसर ललितपुर पठाइएको छ।
यस्तै चोरी भएका आइफोन र मोबाइल किनबेच गर्ने काठमाडौंको टोखा नगरपालिका घर भई काठमाडौंको न्युरोडमा पसल सञ्चालन गर्ने योगेश डाँगी र सप्तरीको सुरुंगा नगरपालिका घर भई काठमाडौंको कलकीं बस्ने मोहम्बर समिर पनि पक्राउ परेका छन्।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
