यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु
मुगु । हिमाली जिल्ला मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु भएको छ । जसमा छायाँनाथ रारा नगरपालिका वडा नं १२ सुमन बुढा वर्ष १९ का मन बहादुर बुढा र कम्फा गाउँका २१ बर्षिय शोभान बुढा लेक लागेर मृत्यु भएको हो ।
उनीहरु सँगै सिकिस्त बिरामि भएका राज बहादुर साँवतको पनि शनिवार दिउँसो ठुलो कोईकी पाटन बाट मुगु गाउँ तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बल मुगुका जवान तिलक बढुवाल जानकारी दिए । यो सँगै मुगुमा यार्सा टिप्न गएका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डिएसपि बिरेन्द्र थापाले बताए । मृतक तीनै जना एउटै वडा १२ नम्वरका स्थानीय युवा हुन ।
उच्च हिमाली पाटनमा पाइने बहुमुल्य, यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेक लागेर , लडेर , हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ । गत वर्ष यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको खोला खसेर मृत्यु भएको थियो । पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोलि निश्चित ठाउमा बस्ने तर संकलकहरु दिन टाढाका पाटनहरुमा पुग्ने भएकाले विरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ । मुगुका २ दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउपालिकाले गत १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।
सम्बन्धित समाचार
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

