तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
जानकारी केन्द्र
२०८१, मंसिर, १०
काठमाडौं । तस्करीको आशंकामा प्रहरीले पर्साबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका-८ घन्टाघर चोकबाट प्रहरीले सोमबार बिहान राति ना४ख २१६० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। उक्त ट्रक चितवनतर्फ सामान लिएर जाँदैथियो।
औषधी तथा खुद्रा सामान लोड गरिएको ट्रकमा बिल बिजकभन्दा बढी सामान देखिएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी किशोर लम्सालले बताए ।
ट्रकमा ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरको औषधी र खुद्रा सामान रहेको लम्सालले बताए। ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ।
पर्सा प्रहरी प्रमुखमा एसपी कुमोध ढुंगेल छन्। पर्सा प्रहरीले तस्करी नियन्त्रणमा सफलता पाइरहेको बताएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
