• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २२ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २३ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २३ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • २४ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

गढीमाई मेलाः दर्शनार्थीकाे संख्या २ करोड पुग्ने, ८ हजार बढी राँगा दिइयाे बली

जानकारी केन्द्र २०८१, मंसिर, २५

बारा । बारा जिल्लाको महागढीमाई नगरपालिका-०१ बरियारपुरमा लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो अत्याधिक बढेकाे छ । शनिवार देखि गढीमाई मेलामा बढेको भिडभाड अझै पनि बढने क्रममै रहेको छ । पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा सोमबार मंसिर २४ गते सम्म करिब २ करोड दर्शनार्थीले गढीमाई मेलाको अवलोकन गरेको पञ्चवर्षीय गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

उनका अनुसार गत मंसिर १ गते देखि सुरु भएको पञ्चवर्षीय विश्व प्रसिद्ध गढीमाई मेलामा गढीमाई माताको दर्शन गर्न आउने र मेलाको अवलोकन गर्ने आउने दर्शनार्थी आउने क्रम अझै जारी नै रहेकोले मेलामा ३० गते सम्म करिब साढे २ करोड दर्शनार्थीहरुले मेलाको अवलोकन गर्ने नगरप्रमुख यादवले बताउनु भयो ।

बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ देखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरूको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्दछन् । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् । शनिवार र आईतबारको तुलनामा गढीमाई मेलामा सोमबार दर्शनार्थीहरुको चाप दोब्बर संख्याले बढेको पञ्चवर्षीय गढीमाई मेला मुल ब्यवस्थापन समितिका महासचिव बिरेन्द्र प्रसाद यादवले बताए ।

पाँच बर्षमा एक पटक लाग्ने एसिया महादेशकै सबै भन्दा ठूलो मेलाको रुपमा गढीमाई मेलाले पहिचान बनाएको छ । गढीमाई मातासँग राखेको भाकल पूरा भए पछि यहाँ अत्याधिक दर्शनार्थीहरु आफ्नो भाकल पूरा गर्न आउने गरेको धार्मिक बिश्वास रहेको छ । गढीमाई माताको दर्शन गर्न नेपाल र भारत बाट नभएर अमेरिका , फ्रान्स लगाएत विभिन्न देश बाट दर्शनार्थीहरु आउने गरेको छ ।

पुत्र लाभ, जटिल रोग निको हुने, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढीमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाकल गर्दछन् ।भाकल गरेका दर्शनार्थीहरु एकै पटक गढीमाई मेलामा आउने गरेको कारण अपेक्षा भन्दा बढी भिडभाड हुने गरेको छ ।

८ हजार भन्दा बढी राँगाको बलि 

आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइसँगै बलि दिने क्रम सुरु भएको थियो । जसअनुसार हिजो आइतबार प्रमुख दिन राँगा बलि दिइएको थियो । मुख्य दिन ८ हजार ६ सय २९ राँगाको बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले अन्तर्गत रहेका बलि ब्यवस्थापन उपामितिका संयोजक प्रेम साहले जानकारी दिए ।  बिहानैदेखि दिउँसोसम्म चलेको बलिमा ८ हजार भन्दा बढी राँगा बलि चढेको संयोजक साहको भनाइ छ ।

यो गत वर्षको तुलनमा कम राँगा भएको बताइन्छ । भारतबाट आउने रांगाहरुलाई नेपाल प्रवेश गराउन अनुमति नदिइएकाले यसवर्ष रांगा बलिको सङख्यामा कमि आएको अनुमान समितिले गरेको छ । त्यस्तै सोमबार खशीको बलि दिइने भनिए पनि भाकल गरेका भक्तजनहरुले आईतबार देखु नै बाेकाको बलि दिन सुरु गरेको र सोमबार पनि बाेकाकाे बलि दिइएको थियाे  । खशीको बलि भक्तजनहरुले आफुलाई सुबिधा परेको ठाउँमा दिने भएकोले त्यसको तथ्यांक आउन नसेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ । राँगा भन्दा दोबर बाेकाको बलि दिइएको समितिले अनुमान गरेको छ ।

गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म र हरनहिया देखि बरियारपुर सम्म नै अत्यधिक भीडभाड र घुइँचो छ। अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ। मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेलमा भारतका मन्त्री देखि लिएर नेपालका मन्त्रीहरुले दर्शन गरेका छन। मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ । २५ गते पछि मेलामा दर्शनार्थीहरुको चाप कम हुने मेला समितिले जनाएको छ ।

राँगाको मासु प्रसादको रुपमा दलित समुदायलाई बितरण 

विश्व प्रसिद्ध गढीमाई मेलामा आईतवार चढाईएको राँगाको मासु दलित समुदायहरुले प्रसादको रुपमा लगेको बलि ब्यवस्थापन उपसमितिका संयोजक प्रेम साहले बताउनु भयो । २०८१ सालको पन्चबर्षिय गढीमाई मेलामा चढाईएको राँगाको मासुको लागि कुनै पनि टेन्डर अहवान नगरिएको उनले बताए । दलित समुदाय र राँगाको मासु खानेहरुको अनुरोधमा यस बर्ष राँगाको मासुको टेण्डर नगरिएको र केही मेला बिरोधि ब्यक्तिहरुले मासुको लागि टेण्डर भएको हल्ला फैलाएको बलि ब्यवस्थापन उपसमितिका संयोजक साहले बताए ।

दुर्गन्धित नहुने गरि राँगाको आन्द्रा भोटीको ब्यवस्थापन 

गढीमाई मेलामा आफ्नो भाकल पूरा भए पछि दर्शनार्थीहरुले चढाएको राँगाको बलि बाट स्थानियहरुको स्वास्थमा असर नपर्ने गरि ब्यवस्थापन गर्ने बलि ब्यवस्थापन उपसमितिले दाबी गरेको छ ।आईतवार चढाईएको राँगा बाट दुर्गन्ध नआउने गरि बलि ब्यवस्थापन उपसमितिले ब्यवस्थापन गरिरहेको प्रेम साहले बताए । राँगा बलि दिइएको परिषरमा खाल्डो खनेर राँगाहरुको आन्द्रा ,भोटी र टाउकोको ब्यवस्थापन गर्ने काम गरिरहेको उनले बताए । खाल्डो खनेर टाउको आन्द्रा ,भोटीलाई खाल्डो भित्र हालेर नुन हालेर जेसिबिले खाल्डोलाई पुर्ने काम भईरहेको समेत उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आजको मौसम पुर्वानुमान
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.