• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश
  • ८ घण्टा 

आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • २१ घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • २२ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • २३ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • २. १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

  • ३. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • ४. ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

  • ५. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • ६. ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

  • ७. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ८. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कर्णालीमा याे बर्ष ९० वटा पुल बन्दै, ४२ वटा यसै बर्ष सकिने

जानकारी केन्द्र २०८१, पुष, १६

सुर्खेत  । भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा भारी मात्रामा साना ,ठुला नदी रहेका छन् । भेरी नदी , कर्णाली नदी देखि साना ,साना नदीको मात्रा धेरै रहेको छ । यि नदीका सहायक नदीहरु पनि थुपै रहेका छन् । शान्ति प्रक्रिया पछि  विकासको लयमा आउन थालेको कर्णाली प्रदेशमा  संघीयताले थप टेवा पुर्याएको छ । गाउँ ,गाउँमा सडक निर्माणका कामहरु चलिरहेका छन् भने भौतिक पूर्वाधारका कामहरु समेत सँगै जारी अवस्थामा रहेको छ ।

कर्णाली प्रदेश शुद्ध जल भण्डारको रुपमा रहेको मात्र नभई हिमालय पर्वतको कापहरु आउने शुद्ध पानि यहाँको लागि अमृतको रुपमा लिने गरिएको छ । चिनको सिमाना आर्थात उत्तर देखि पश्चिम बग्ने भेरी नदी देखि सबै भन्दा लामो फेरो हाल्ने कर्णाली नदी कर्णालीमै रहेका छन् । माथिल्लो हिमालले ठोकेको चाँदे झैँ भूभाग देखि तल्लो भागमा समथर रहेको कर्णाली अझैँ भर्जिन नै रहेको छ । कर्णाली घुम्नका लागि पनि उत्कृष्ट गन्तव्य हुँदै आएको छ । यहाँ धार्मिक पर्यटनको महत्व र आस्था समेत उस्तै रहेको छ । जो कर्णाली नदी र भेरी नदीको किनार कै आसपासमा बढी मात्रामा रहेको पाइन्छ ।

भारी मात्रामा धार्मिक पर्यटन देखि हिमालको आहा भन्दै आनन्द लिनेहरुका लागि मात्र नभई दैनिक कर्णालीका उच्च , समथर तथा मध्य भागमा सुन्दर कर्णालीको सपना देखेर संर्घष गर्ने भारी स्थानीयबासीका लागि पनि पुल , पुलेसा निर्माण गर्न प्रदेश सरकारले आफ्नो लगानी गर्दै आएको छ । कर्णाली प्रदेश स्थापना देखि हालसम्मका सरकारले कर्णाली प्रदेशमा रहेका दर्जनौ नदी नालामा वारपार गर्न झोलुङ्गे पुल बनाउदै आएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए । कर्णालीमा झोलुङ्गे पुलले बाटो मात्र छोटिदैन, मानिसका दैनिक संर्घषको समय पनि छोटिने उदेश्यलका साथ प्रदेश सरकारले झोलुङ्गे पुलको कल्पना गर्दै लगानी गर्दै आएको उनको भनाई रहेको छ।

विद्यालय जाने विद्यार्थीको दुखका कथा देखि विहान झिसमिसेमा निस्किएर आफ्नो तौल भन्दा बढी घासको भारी बोकेर खाली पेट नुनिला मसिना पुच्छै आउने किसानका लागि समेत उत्तिकै झोलुङ्गे पुलको महत्व कर्णालीमा रहेको छ । कर्णालीका १० जिल्लामा यो आर्थिक वर्षमा मात्र मन्त्रालयले ९० वटा पुल बनाउनका लागि बजेट बिनियोज भई कार्यान्वन तहमा पुगेको सूचना अधिकारी कार्कीले बताए ।

भूगोलको प्राथमिक र आवश्यकता आधारमा प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण कार्यलाई जारी राखेको बताउदै कार्कीले भने ,‘चालु आव र अघिल्लो आवका गरि ९० वटा पुल निर्माण गर्न लागेको छौँ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । अहिले मात्र पुल निर्माण गर्न मन्त्रालयसँग २० करोड ५० लाख बजेट रूपैयाँ विनियोजन गरेको छ । चालु आबमा ४२ वटा नयाँ पुल निर्माण गर्ने कार्य योजना रहेको छ । मन्त्रालयले ग्रामीण क्षेत्रमा नागरिकलाई नदी वारपार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ । ’

उत्ता भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले आर्थिक वर्ष २०८०/०८१ मा २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको बताए । मन्त्रालयको लक्ष्य वर्ष ९४ वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य रहेको समेत उनले सुनाए । त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा ७७ वटा पुल निर्माण भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा एक सय सात वटा पुल निर्माण गरिएको भौतिक मन्त्रालयले जनाएको छ । यो वर्ष पनि ४२ नयाँ पुल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।  यो वर्ष पनि ९० पुल निर्माण गर्ने लक्ष्य लिएको उनले बताए ।

मन्त्री बुढाका अनुसार ४२ वटा नयाँ पुलको बजेट निश्चित भएको छ । उपल्लो डोल्पामा जन्मिएका मन्त्री बुढाले भने , ‘कर्णाली हेर्ने हो डोल्पा , हुम्ला र मुगु जानु पर्छ । त्यही खास कर्णालीका कथा र भावना देखिन्छ । अनि मानिसले गरेका संर्घष अनि बाँच्ने आधार देखिन्छ । जिन्दगीको परिभाषा समेत त्यही देखिन्छ । सुनका कुरा भन्दा त्यहाँ नुनका कथा महंगा छन् । चामलका कुरा भन्दा तिते फापरका कथा महंगा रहेका छन् । ’

कर्णालीका सबै ठाउँमा अझैँ सडकको पहुँच नपुगको भन्दै मन्त्री बुढाले केन्द्रीय राज्य सत्ताले हामीलाई अझैँ न्याय गर्न नसकेको बताए । हुम्ला, डोल्पाका रहेका नागरिकहरु विना बर्दीका सिमाका सिपाई रहेको भन्दै राज्यले त्यहाँका नागरिकको लागि भारी योगदान गर्नुपर्ने उनको भनाई रहेको छ । सिमा क्षेत्रमा अझैँ सम्मा नेपाल सरकारको उपस्थिती हुन नसकेको पूर्वमन्त्री बीरबहादुर शाहीले बताए ।

राज्यसँग उपल्लो डोल्पामा सुरक्षाका लागि व्यवस्था गरिदिन आग्रह गरियो तर अहिले सम्म सुनुवाई भएन पूर्वमन्त्री शाहीले भने । डोल्पाको सदरमुकाम दुनैबाट फोक्सुण्डो पुग्ने समय सम्मा दर्जनौ काठको पुल वारपार गर्नुपर्छ त्यो ठुलो जोखिम हो , उनले भने । भेरी नदीको किनारै किनार भएर यात्रा गर्ने देखि सानीभेरी , जगदुल्ला खोला , तिला , हिमा , नलगाड लगायतका साना ,ठुला नदीहरुमा झोलुङ्गे पुलको सहारामा धेरै समय छोटिने गरेको उनको भनाई रहेको छ । अन्य प्रदेशमा विकास चिनेको धेरै भएपनि कर्णालीमा विकास भन्ने खास शव्दसँग मितेरी लगाएको माओवादी जनयुद्ध पछि आएको शान्ति पश्चात मात्र रहेको उनको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

ताजा

सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.