• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

कर्णालीमा याे बर्ष ९० वटा पुल बन्दै, ४२ वटा यसै बर्ष सकिने

सुर्खेत  । भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा भारी मात्रामा साना ,ठुला नदी रहेका छन् । भेरी नदी , कर्णाली नदी देखि साना ,साना नदीको मात्रा धेरै रहेको छ । यि नदीका सहायक नदीहरु पनि थुपै रहेका छन् । शान्ति प्रक्रिया पछि  विकासको लयमा आउन थालेको कर्णाली प्रदेशमा  संघीयताले थप टेवा पुर्याएको छ । गाउँ ,गाउँमा सडक निर्माणका कामहरु चलिरहेका छन् भने भौतिक पूर्वाधारका कामहरु समेत सँगै जारी अवस्थामा रहेको छ ।

कर्णाली प्रदेश शुद्ध जल भण्डारको रुपमा रहेको मात्र नभई हिमालय पर्वतको कापहरु आउने शुद्ध पानि यहाँको लागि अमृतको रुपमा लिने गरिएको छ । चिनको सिमाना आर्थात उत्तर देखि पश्चिम बग्ने भेरी नदी देखि सबै भन्दा लामो फेरो हाल्ने कर्णाली नदी कर्णालीमै रहेका छन् । माथिल्लो हिमालले ठोकेको चाँदे झैँ भूभाग देखि तल्लो भागमा समथर रहेको कर्णाली अझैँ भर्जिन नै रहेको छ । कर्णाली घुम्नका लागि पनि उत्कृष्ट गन्तव्य हुँदै आएको छ । यहाँ धार्मिक पर्यटनको महत्व र आस्था समेत उस्तै रहेको छ । जो कर्णाली नदी र भेरी नदीको किनार कै आसपासमा बढी मात्रामा रहेको पाइन्छ ।

भारी मात्रामा धार्मिक पर्यटन देखि हिमालको आहा भन्दै आनन्द लिनेहरुका लागि मात्र नभई दैनिक कर्णालीका उच्च , समथर तथा मध्य भागमा सुन्दर कर्णालीको सपना देखेर संर्घष गर्ने भारी स्थानीयबासीका लागि पनि पुल , पुलेसा निर्माण गर्न प्रदेश सरकारले आफ्नो लगानी गर्दै आएको छ । कर्णाली प्रदेश स्थापना देखि हालसम्मका सरकारले कर्णाली प्रदेशमा रहेका दर्जनौ नदी नालामा वारपार गर्न झोलुङ्गे पुल बनाउदै आएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए । कर्णालीमा झोलुङ्गे पुलले बाटो मात्र छोटिदैन, मानिसका दैनिक संर्घषको समय पनि छोटिने उदेश्यलका साथ प्रदेश सरकारले झोलुङ्गे पुलको कल्पना गर्दै लगानी गर्दै आएको उनको भनाई रहेको छ।

विद्यालय जाने विद्यार्थीको दुखका कथा देखि विहान झिसमिसेमा निस्किएर आफ्नो तौल भन्दा बढी घासको भारी बोकेर खाली पेट नुनिला मसिना पुच्छै आउने किसानका लागि समेत उत्तिकै झोलुङ्गे पुलको महत्व कर्णालीमा रहेको छ । कर्णालीका १० जिल्लामा यो आर्थिक वर्षमा मात्र मन्त्रालयले ९० वटा पुल बनाउनका लागि बजेट बिनियोज भई कार्यान्वन तहमा पुगेको सूचना अधिकारी कार्कीले बताए ।

भूगोलको प्राथमिक र आवश्यकता आधारमा प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण कार्यलाई जारी राखेको बताउदै कार्कीले भने ,‘चालु आव र अघिल्लो आवका गरि ९० वटा पुल निर्माण गर्न लागेको छौँ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । अहिले मात्र पुल निर्माण गर्न मन्त्रालयसँग २० करोड ५० लाख बजेट रूपैयाँ विनियोजन गरेको छ । चालु आबमा ४२ वटा नयाँ पुल निर्माण गर्ने कार्य योजना रहेको छ । मन्त्रालयले ग्रामीण क्षेत्रमा नागरिकलाई नदी वारपार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ । ’

उत्ता भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले आर्थिक वर्ष २०८०/०८१ मा २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको बताए । मन्त्रालयको लक्ष्य वर्ष ९४ वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य रहेको समेत उनले सुनाए । त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा ७७ वटा पुल निर्माण भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा एक सय सात वटा पुल निर्माण गरिएको भौतिक मन्त्रालयले जनाएको छ । यो वर्ष पनि ४२ नयाँ पुल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।  यो वर्ष पनि ९० पुल निर्माण गर्ने लक्ष्य लिएको उनले बताए ।

मन्त्री बुढाका अनुसार ४२ वटा नयाँ पुलको बजेट निश्चित भएको छ । उपल्लो डोल्पामा जन्मिएका मन्त्री बुढाले भने , ‘कर्णाली हेर्ने हो डोल्पा , हुम्ला र मुगु जानु पर्छ । त्यही खास कर्णालीका कथा र भावना देखिन्छ । अनि मानिसले गरेका संर्घष अनि बाँच्ने आधार देखिन्छ । जिन्दगीको परिभाषा समेत त्यही देखिन्छ । सुनका कुरा भन्दा त्यहाँ नुनका कथा महंगा छन् । चामलका कुरा भन्दा तिते फापरका कथा महंगा रहेका छन् । ’

कर्णालीका सबै ठाउँमा अझैँ सडकको पहुँच नपुगको भन्दै मन्त्री बुढाले केन्द्रीय राज्य सत्ताले हामीलाई अझैँ न्याय गर्न नसकेको बताए । हुम्ला, डोल्पाका रहेका नागरिकहरु विना बर्दीका सिमाका सिपाई रहेको भन्दै राज्यले त्यहाँका नागरिकको लागि भारी योगदान गर्नुपर्ने उनको भनाई रहेको छ । सिमा क्षेत्रमा अझैँ सम्मा नेपाल सरकारको उपस्थिती हुन नसकेको पूर्वमन्त्री बीरबहादुर शाहीले बताए ।

राज्यसँग उपल्लो डोल्पामा सुरक्षाका लागि व्यवस्था गरिदिन आग्रह गरियो तर अहिले सम्म सुनुवाई भएन पूर्वमन्त्री शाहीले भने । डोल्पाको सदरमुकाम दुनैबाट फोक्सुण्डो पुग्ने समय सम्मा दर्जनौ काठको पुल वारपार गर्नुपर्छ त्यो ठुलो जोखिम हो , उनले भने । भेरी नदीको किनारै किनार भएर यात्रा गर्ने देखि सानीभेरी , जगदुल्ला खोला , तिला , हिमा , नलगाड लगायतका साना ,ठुला नदीहरुमा झोलुङ्गे पुलको सहारामा धेरै समय छोटिने गरेको उनको भनाई रहेको छ । अन्य प्रदेशमा विकास चिनेको धेरै भएपनि कर्णालीमा विकास भन्ने खास शव्दसँग मितेरी लगाएको माओवादी जनयुद्ध पछि आएको शान्ति पश्चात मात्र रहेको उनको भनाई रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.